संघीयता र लिम्बुवान आन्दोलनलाई सहीमार्गमा हिँडाउन चनाखो हुनुपर्छ : लिङ्देन

Read Time:7 Minute, 6 Second

यूके  (डङ्काष्टर), १८ जुलाई २०१२ । यूकेको आशफोर्डमा जुलाई ८ तारिख मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएपश्चात् यूकेको भ्रमणमा रहेका संघीय मञ्च तथा सम्बद्ध संघीय लिमबुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकु यूकेकै वेल्स, अल्डरसोट, लण्डन, क्याटरिक र डङ्काष्टर लगायतका ठाउँमा आयोजित विभिन्न कार्यक्रममा सरिक भई संघीयता र लिम्बुवानबारे अन्तक्रिर्याका साथ सङ्गठन विस्तारका कार्यहरू सम्पन्न भएका छन् ।

जुलाई १० तारिखका दिन यूके वेल्सको कुमरानमा लिम्बुवानप्रेमीहरूको स्वागत र अन्तरक्रिया कार्यक्रमका साथ मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, यूके अन्तर्गत जेबी कन्दङ्वाको अध्यक्षतामा वेल्स शाखा समितिको गठन भएको छ । यो ठाउँमा पहिले लिम्बुवानमै रहेर सङ्गठनको विभिन्न ओहदामा रहेर जिम्मेवारी बहन गरिसकेको विभिन्न नेता तथा कार्यकर्ताहरूसँग पनि अध्यक्ष मिराकको भेट भएको थियो । वेल्समा यूके प्रवास कार्य समितिका केन्द्रीय सदस्य तथा वेल्स इञ्चार्ज नेत्रकला लिम्बू र बद्रि योङ्याको सक्रियतामा जेबी कन्दङ्वाको अध्यक्षतामा ९ सदस्यीय लिम्बुवान वेल्स शाखा क्षेत्रीय समितिको गठन भएको हो ।

उक्त वेल्स क्षेत्रीय समितिको उपाध्यक्षमा भोला गुरुङ, सचिव धनकुमारी थोक्लिहाङ तुम्बापो, सह(सविच खगेन्द्र बेघा, अर्थ सचिव सुर्य आङ्देम्बे केरुङ, सह अर्थ सचिव कमल केशर चेम्जोङ र सहस्यहरूमा हर्क लक्सम, विष्णु तुम्बापो र चुन्दक लामा रहेका छन् ।

यसैगरी, जुलाई १४ तारिखमा किरात याक्थुङ चुम्लुङ युकेद्वारा अल्डरसोटस्थित् निरमाया रोधी घरको सभाहलमा अध्यक्ष मिराकको स्वागतसँगै पहिचानको राजनीति, संघीयता र लिम्बुवानको विभिन्न सवालमा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरिएको थियो । चुम्लुङ युकेका अध्यक्ष डम्बर सिङ्गकको अध्यक्षता, महासचिव विजयवीक्रम लिङ्देनको सञ्चालन र सचिव बिमला सेनेको स्वागत मन्तव्यसँगै भएको सो कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए । राखिएका जिज्ञासको प्रत्युत्तर गर्दै अध्यक्ष मिराकले लिम्बुवान आन्दोलनलाई सही मार्गचित्रमा हिँर्डाई राख्न सम्पूर्ण लिम्बुवानवासी र लिम्बुवानप्रेमीहरू सदा चनाखो हुनुपर्ने धारणा राख्नुभएको थियो ।

लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेले जुलाई १५ का दिन अध्यक्ष कुमार लिङ्देनको उपस्थितिमा लण्डनमा संघीयता र लिम्बुवानसम्बन्धी बृहत् अन्तर्त्रिmया कार्यक्रम आयोजना गरेको थियो । समाजका अध्यक्ष प्रसाद थेबेको अध्यक्षता, उपाध्यक्ष दिल सम्बाहाङ्फेको स्वागत मन्तव्य र सचिव बिमला सेनेको उद्घोषणमा सम्पन्न सो कार्यक्रममा चुम्लुङ, यायोख्खा, तमूधिँ, मगर संघ, सुनुवार सेवा समाज, तामाङ घेतुङ र छन्त्याल समाज लगाययतका संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मिराकले संघीयता र लिम्बुवानको आन्दोलनसँग जोडिन यूकेवासी सम्पूर्ण संघीयता र लिम्बुवानप्रेमी संघीयवादी महानुभावहरूलाई उत्प्रेरित गरिदिन हुन लिम्बुवान स्वायत्त नागरिक एकता समाजलाई  अनुरोध गरेका थिए ।
त्यस्तैगरी, जुलाई १७ तारिखका दिन यूकेको क्याटरिकमा बसोवास गर्ने नेपालीहरूले आयोजना गरेको एक कार्यक्रमबीच अध्यक्ष लिङ्देनको स्वागतसँगै संघीयता र लिम्बुवानबारे अन्तक्रिर्या गरिएको थियो । अग्रज सूर्य खापुङको अध्यक्षता, चुडामणि तुम्बाहाङ्फेको उद्घोषण र किरात र्राई यायोख्खाका रत्न राईको स्वागत मन्तव्यसँगै भएको सो कार्यक्रममा सहभागीहरूले पहिलेदेखि संघर्ष गर्दै आएको संघीय(लिम्बुवान र अहिले एमाले(कांग्रेसका आदिवासी नेताहरूले खोल्ने भनिएको पार्टीबीच कस्तो सम्बन्ध रहला भन्ने जिज्ञासा राखेका थिए । 

जुलाई १८ तारिखका दिन यूकेमा रहनुभएका पापोहाङ लावती सयङद्वारा यूकेको डङ्काष्टरमा एक स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा लिम्बुवान आन्दोलनलाई कसरी अझ मजबुत बनाउन सकिएला भन्नेबारे छलफल भएको थियो । संघीयता र लिम्बुवानका लागि सक्दो भूमिका खेल्ने र सहयोग गर्ने प्रतिवद्धता सहभागीहरूबाट भएको थियो ।

अध्यक्ष कुमार लिङ्देन मिराकुल यूके भ्रमणबाट धेरै कुरा सिकेको र यूकेमा रहेका नेपालीहरूबाट पाएको अगाध स्वागत, सम्मान र विश्वासले आफ्नो काँध अझै बोझिलो भएको महसुस गरेको कुरा आफ्नो फेसबुक पेजमा लेखेका छन् । अध्यक्ष मिराक आफ्नो यूके भ्रमणलाई पूरा गरी जुलाई २३ तारिख नेपाल फर्कनु हुने कार्यक्रम छ । 

डीबी आङ्बुङ् लिम्बू

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %