एमालेको कारवाहीले नयाँ शक्ति निर्माणको बाटो स्पष्ट भयो-विजय सुब्बा

Read Time:1 Minute, 54 Second


नेकपा एमाले पोलिटब्यूरो सदस्य विजय सुब्बाले संघीयताका पक्षधर आदिवासी जनजाति र मधेशी नेताहरुलाई एमाले संस्थापनको कारवाहीले नयाँ शक्ति निर्माणका लागि बाटो स्पष्ट भएको बताए । आफूहरु यसको तयारीमा लागि सकेको पनि उनले खुलासा गरे । साउन ३ गते एमालेका बाहुन क्षेत्रीहरु मात्रै सम्मिलित स्थायी समितिको बैठकले आदिवासी जनजाति र मधेशी नेताको जिम्मेवारी खोसेको सन्दर्भमा  सुब्बाले यस्तो प्रतिकि्रया दिएका हुन ।

एमालेका जनजाति नेताको जिम्मेवारी खोसेर वाहुन क्षेत्रीलाई

साउन ५ गते राज्यसत्ता डटकमसँग विशेष कुराकानी गर्दै सुब्बाले एमालेका शीर्ष नेताहरुको संकीर्ण सोच र जातीय हुंकारका कारण आफूहरुमाथि कारवाही भएको बताए । यसअघि अनुशासन आयोगको नाममा लिखित बयान मागेर पहिलो कारवाही गरिसकेको एमालेले विभागीय जिम्मेवारीबाट हटाएर आफूहरुलाई दोस्रो कारवाही गरेको उनको भनाई छ ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई स्थायी समितिले कारवाही गर्न नमिल्ने भएकाले मात्रै आफूहरुलाई विभागीय जिम्मेवारीबाट मात्रै हटाएको सुब्बाले जानकारी दिए । कारवाहीको उद्देश्य पार्टीबाट हटाउनु नै रहेको उनको बुझाई छ ।

तिलिसरा राना, काठमाडौं  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %