आखिर को हुन् त विखण्डनकारी ?

Read Time:10 Minute, 8 Second

बलदीप प्रभाश्वर चामलिङ

आज नेपालमा संघीयता र पहिचानको आवज वुलन्द हुदैजादा संविधानसभा नै बडो षडयन्त्रपूर्वक विघटन गराईयो । पहिचान र संघीयता चाहनेहरु देश विखण्डनकारी र साम्प्रदायिक हुन् भन्ने कुराको पक्षमा जनमत सृजना गरिदैछ । यसमा नेपालका मिडियाहरु पनि लागेका छन् । आज पहिचान र संघीयताको मुद्धा उठाउनेहरु विखण्डनकारी हुन तर बाहुन–क्षेत्रीहरु चाहि नेपाल निर्माण गर्ने समुदाय हुन् भनेजस्तो भान दिन थालिएको  छ ।
संघीयता र पहिचानको मुद्धा आदिवासी जातिहरुले उठाएका हुन् । के त्यसोभए नेपालका राई, लिम्बु, मगर, तामाङ, गुरुङ, थारुजस्ता जातिहरु विखण्डनकारी नै हुन त ? मानौकी बाहुनहरु चाहि देश बनाउने र एकीकरण गर्ने तर बाकी अरुचाहि देश विखण्डन गर्ने । इतिहासमा को कस्को कति योगदान छ बहस हुन आवस्यक छ ।
आज बेलायतले नेपाली जवानहरुलाई बेलायती सेनामा भर्ती गर्ने परम्परा छ । यसको पछाडि ऐतिहासिक कारण छ । सुगौली सन्धि हुनुभन्दा अगाडि नेपाल र बेलायतविचमा भिषण युद्ध भएको थियो । त्यो युद्ध लडदा नेपाली जवानहरुले वीरताको साथ लडेका थिए । उनिहरु यति बहादुरीताका साथ लडेका थिए कि दुस्मन अग्रेजहरुलाई पनि गहिरो छाप छोडे । हो, यहि युद्धमा लडेका बहादुरीताबाट प्रभावित भएर अग्रेजले नेपाली जवानहरुलाई बेलायती सेनामा भर्ना गरे । त्यो अहिलेपनि जारी छ । अव हेरौ, ति बेलायती सेनामा कुन अनुहारको मान्छे छन् त ? त्यहा त सबै राई, लिम्बु, मगर, गुरुङ, तामाङजस्ता जातिहरु मात्र छन् । यसको अर्थ यो हो कि त्यो बेला बेलायती साम्राज्यवादको विरुद्धमा लड्ने भनेकै यहाका मात्र आदिवासी जातिहरु नै रहेछन् । यदि सिमा विस्तार र अग्रेज साम्राज्यवादको विरुद्धमा बाहुनक्षेत्री लडेका भए अग्रेजले ति जातिका अनुहारलाई भर्ती गर्नु पथ्र्योनी ? तर आदिवासी जातिहरुले लडेका कारण उनिहरुलाई नै छानेर त्यस्तो बहादुरीतालाई वेलायतले उपयोग गरे । हो, यो देश बनाउन आदिवासी जातिहरुले कति योगदान प्रदान गरेका रहेछन् भन्ने कुराको ज्युदो प्रमाण हो– व्रिटिश गोर्खा ।
जुनवेला आदिवासी जातिहरु नेपालको भौगोलिक सार्वभौम अखण्डताको लागि बलिदानी पूर्वक लडिरहेका थिए, त्यो बेला प्रलोभनमा परेर सुगौली सन्धिको नाममा नेपालको झण्डै एकतिहाइ भूभाग अग्रेजलाई बुझाउदै थिए । ति बुझाउने व्यक्तिहरु थिए– गजराज मिश्र र चन्द्रशेखर उपाध्या । के त्यो “मिश्र” आदिवासी जनजाति थिए ? के त्यो “उपाध्य” राइ, लिम्बु, मगर, तामाङ, थारु, दलित मध्यका कुनै एक हुन ? जीवनको आहुति दिएर नेपाल बनाउन प्रयत्न गर्ने चाहि विखण्डनकारी तर नेपाली भूभाग विदेशीलाई बुझाउने चाहि राष्ट्रवादी ? यो कस्तो विडम्बना ।
नेपालको सार्वभौम जलअखण्डता भारतलाई बुझाउने मातृका प्रसाद कोइराला, विपी कोइराला र गिरिजा प्रसाद कोइराला के नेपालका जनजाति नै हुन त ? टनकपुर छिलेर भारतलाई बुझाउने गिरिजा प्रसाद कोइराला के नेपालका आदिवासी जनजाति हुन ? के मधेशी हुन ? के उनि दलित हुन् ? नेपालको सार्वभौम अखण्डता प्रति दुरगामी असर पार्ने “विप्पा” सम्झौता गर्ने र गर्न लगाउने बाबुराम भट्टराई र पुष्पकमल दाहालहरु के चेपाङ–दनुवारहरु हुन ? सेर्पाहरु हुन ? के भोटेहरु हुन ? मधेशी  रुपधारण गरेर राजनीति गर्ने शरद सि भण्डारीलेले एक ताका मधेशका २२ जिल्लालाई टुक्र्याइ दिन्छु भनेका थिए । के उनि पनि आदिवासी जनजाति नै हुन ?
नेपालमा धोति र कुर्तालाई राष्ट्रघातीको संज्ञा दिइन्छ । तर दौरा सुरुवाल नेपालका अराष्ट्रिय प्रतिक बनेको छ । किनकी आजसम्म धोतिलगाएर राष्ट्रघाती सन्धि र सम्झौता भएको छैन । बरु दौरासुरुवा लगाएर नै त्यस्ता घातक सन्धि र सम्झौताहरु भएको छ । ति दौरासुरुवाल लगाएर त्यसो गर्ने कुन जाति हुन ? भनिरहनु पर्दैन ।
नेपाल एकिरण गर्ने व्यक्ति भनेर भनिने पृथ्वी नारायण शाह को हुन भन्ने कुरा बुझ्न आवस्यक छ । इतिहासले यो भन्छ– तत्कालिन दक्षिण भेगका सेन राजाकी छोरी ईन्द्र राज्यलक्ष्मीलाई पृथ्वीनारायण शाहले विहे गर्न खोज्दा बाबुले “जनाई नलगाउने पहाडिया  राजालाई छोरी दिन्न ” भनेर फर्काइदिए । यसरी आफु अपमानित भएको महसुस भएपछि पृथ्वीनारायण शाहले गोरखा दरवारमा १०८ बाहुन झिकाए र उनिहरुलाई भोज खुवाए । त्यसपछि उनि बनारस गए । त्यहा गोत्र धारण गरी जनाई लाएर गोर्खा आई उनै सेन राजकी छोरी विहे गरे । यसैबाट प्रष्ट हुन्छ पृथ्वीनारायण शाह बाहुन थिए वा अरु यहिका आदिवासी जाति ।
पृथ्वी नारायण शाहको मूर्ति र फोटो हेरेर छुट्याउने हो भने पनि त्यो सवै भरपर्ने  आधार होईन किनकी त्यो सवै पछि  काल्पनिक रुपमा कलाकारले “स्केच” गरेको हो । अहिलेको उनको सन्तानलाई हेरेरपनि खुट्याउन सकिन्न किनकी राजपरिवारमा विचमा रक्त मिश्रण हुने प्रकृया जारी थियो  । रणबहादुर शाह अहिलेको पारसजस्तै सन्काहा थिए । उनि पशुपतिमा सवारी हुदा “तिरहुत” तिरकी एक बाहुन विधवीमाथि नजर पर्दा त्यसबाट मोहित भएर उनले भारदारहरुको सल्लाह विपरित त्यस विधवालाई बिहे गरेका थिए । त्यस महिलाबाट गिर्वाण छोरा जन्माएका हुन । र तिनैलाई राजा पछि बनाईयो । एक त बाहुनले कहिलेपनि नामसंग “बहादुर” लेख्ने चलननै आजसम्म छैन । त्यो शाह पदवी त तात्कालिन भारतका मुगल सम्राटहरुबाट गोरखा भित्र्याएका हुन । हिजो अस्तीकै कुरा हो की पृथ्वीविक्रमले सहोदर आफ्नो ससुरालाई “मामा” भनेर बोलाउथे । कुन बाहुन क्षेत्रीको समुदायमा मामालाई ससुरो भन्न हिम्मत गरिन्छ ?
नेपाल एकीकरण गर्ने इतिहासको सो पात्र कुन जातीय समुदायको रहेछ भनेर अव भनिरहनु परेन ।  उनको दाजुभाइका सन्तानहरुलाई अहिले देशटुक्रयाउने भनेर भन्न मिल्दैन । पृथ्वीनारायण शाहको सो अभियान उनको उत्तराधिकारीहरुले अग्रेजसंग सम्झौता नभएसम्म निरन्तरता दिए । सेनाको मोर्चामा पनि जनजातिहरुले वीरतापूर्वक लडे । भिडे । नेपाललाई विदेशी शक्तिबाट सधै बचाइराखे र राखिरहने छन् । जस्को पूर्खाले नेपाल बचाउन रगत, पसिना र वलिदान दिए आज त्यस्कै संन्तानलाई देश भाडने र विखण्डन गर्ने भनेर भन्न कहासम्मको न्याय हो ? बरु देशलाई विखण्डन गर्ने र भत्काउने उनिहरु नै हुन जस्ले आदिवासी जनजातिहरुलाई त्यस्तो आरोप लगाउछन् । 
अहिलेको जातीय गुणासा भनेको त राज्य व्यवस्थापन र परिचालनसंग मात्र हो । एकीकृत नेपालको राज्यसंयन्त्रमा सवैलाई सम्बोधन गरिनु पथ्र्यो । त्यो भएन । सत्ताबाट सिमान्तकृत जातिहरु मात्र राष्ट्रिय मुलधारमा आउन चाहिरहेका छन् । तर अझै तगारो लागीरहेको छ । पृथ्वीनारायण शाहले लिम्बुवान गाभेको होईन, बरु लिम्बुवान भित्र गोरखाराज्य विलय भएर यो विशाल नेपालको निर्माण भएको हो भन्ने भावनात्मक चिन्तन विकास गर्न चाहेका छन् यहाका आदिवासी जातिहरु । त्यसमा सवैको सहकार्यको आवस्यकता छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %