यस संसारमा विभिन्न प्रकारको प्राणीहरुले भरिएको छ l ति प्राणीहरु आफ्नो आफ्नो कर्म अनुसार बाचिरहेका छन् l प्रत्येक प्राणीको भिन्न भिन्नै व्यबहार, रुपरंग अनेक प्रकार भएता पनि जन्म, जति, जरा, मरणको दुखलाई हेर्ने हो भने कुनै पनि भिन्नता पाउन सकिदैन जुनसुकै प्राणी भए पनि आफ्नो कर्म अनुसार दुख भोगिरहेका हुन्छन l यहि दुख संसारमा घुमी रहेका छन् l
प्राणी मध्यमा मानिस बिबेकशील सर्बोच्चा प्राणी हो l मानिसले खान, बस्न, पढाई, लेखाइ अनि सुविधायुक्त जीवन बच्न जानेर मात्रै बिबेकशील प्राणी भनिएको होइन l मानिसले शिल सदाचारको जीवन बचेर ध्यान समाधिको अभ्यासबाट आफ्नो प्रज्ञा विकास गर्दै जन्म मरणयुक्त जीवनलाई, दुखमय जीवनलाई अन्त गर्न मानिसले मात्रै सक्ने भएकोले मानिसलाई विवेकशिल सर्बोच्चा प्राणी भनिएको हो l यी काम मानिस बाहेक अरु कुनै पनि प्राणीले गर्न सक्दैन यसैले मानिसको जीवन महान मानिएको हो l यी तिन कुरा शिल, समाधि र प्रज्ञाले मात्रै मानिसलाई पशुत्तोबाट अलग बनाउन सक्दछ यदि शिल, समाधि र प्रज्ञाको पालना नभएमा मानिसको जीवन कदापी पशु भन्दा उच्च हुन सक्दैन l
हाम्रो जीवनलाई बिभिन्न प्रकारको दुखले जेलिरहेको छ l शारीरिक दुख मानसिक दुख विभिन्न रोग ब्याधि जस्तो दुखले हामीलाई कहिले पनि छोडेको हुदैन l त्यसैले बुद्ध भगवानले दुखको मूल कारण यी नै हुन् भनेर बताउनु भएको छ l
“जातिपी दुक्खा, जरापी दुक्खा, व्यधिपी दुक्खा, मरन्म्पी दुक्खा, अपियेही सम्म्पयोगो दुखो,पियेही बिपयोगो दुखो ,एच्छितम नालाभातिताम्पी दुक्खंग सम्छिप्तेना पन्चुपधना खान्ध दुक्खा”
जन्मनु दुख हो l जन्मेर बुढो हुनु दुख हो l रोगि हुनु दुख हो l मर्नु दुख हो l प्रिये लाग्ने बस्तु प्राप्त नहुनु दुख हो l अप्रिय लाग्ने बस्तु प्राप्त हुनु दुख हो l आफुले इच्छा गरेको बस्तु नपाउनु पनि दुख हो छोटकरीमा भन्ने हो भने पंच्स्कन्ध शरीर धारण गर्नु पर्ने बाध्यता नै दुख हो l
मानिसको जीवनमा तिन प्रकारको दुख भईरहेको हुन्छ l जसलाई हामी यसरि बुझ्न सक्तछौ :
१, हाम्रो शरीरमा विभिन्न प्रकारको घाउखटिरा चोटपटक मर्किने भाचिने विभिन्न रोग व्यधिले आक्रमण गरिरहेको हुन्छ यसबाट दुख उत्त्पति सगै मनमा विभिन्न कारणले चिन्ता उत्त्पन्न भएर शोक, बिलाप गरि व्यथित हुनु पर्ने दुख l यस प्रकारको दुखले जे जाति भए नि हामी सबैलाई पिरोली रहेको हुन्छ l यसलाई दुखको दुख भनिएको छ l
२, मानिसलाई मन पर्ने बस्तु, व्यक्ति परिस्थिति सधै एकनासको भएर रहिरहदैना l समयसगै यी बस्तुहरु परिवर्तन हुन्छ l यी आफै मा सुकेर, आकार परिवर्तन भएर सुवास, सौदर्य हराएर जान्छ l रंग बदलिएर जान्छ यसरी परिवर्तन भएर जादा हामीलाई दुख लाग्छ l मन पर्ने व्यक्ति पनि सधै एक भएर कहिले रहिरह्दैन आफु पनि कहिले नि यस्तै रातो, पिरो हट्टा कट्टा रहिरह्दैनौ l हाम्रो शरीर हेर्दा हेर्दै बुढो भएर जान्छ शरीर सुकेर अङ्ग सबै गलेर जान्छ रोगि भएर हाम्रो रुपरंग उडेर फुस्रो भएर जान्छ l यस्तो अबस्थामा हामीलाई दुख लाग्छ यस प्रकारको दुखलाई विपरिनाम दुख भनिन्छ l
३, मानिसले आफुले गरेको पहिले गरेको पूर्वजन्ममा गरिएको अकुशल कर्मले बनाएको सस्कारको प्रभावले अकस्मात सोच्दै नसोचेको घटनाहरु घट्न पुग्दछ यसलाई कहाँ कहिले किन कसरी भन्ने सोच्न नपाईकन यस्तो घटनाहरु घट्दछन यस्तो दुख लाई संस्कार दुख भनिन्छ l यस्तो दुखले जो कोहिलाई नि छोड्दैन भवको कारणले जन्म लिएर गर्नु पर्ने कामबाट हुने हैरानी, झन्झट, पिर खेपिरहनु पर्ने पनि सस्कार दुख नै हो l यसरी मानव जीवनमा तिन प्रकारले हरक्षण पाइला पाइलामा दुख पाइरहेको हुन्छौ मानव मात्रै नभएर सम्पूर्ण प्राणी जगत नै जन्म, जरा, व्याधि र मरण जस्तो दर लाग्दो दुखले कसैलाई छोड्दैन अरु त मानिसको व्याबहारिक जीवनमा आइपर्ने सङ ठुला दुख त अनगन्ती रहेका हुन्छन l
यहाँ उल्लेखित सम्पूर्ण दुख कसरी उत्त्पन्न भयो यसको करण के होला भनेर प्रश्न हुनु स्वभाबिक हो l त्यसैले भगवान बुद्धले भन्नु भएको छ यी सबै दुखको मूल कारण तिर्ष्ण हो l तिर्ष्णले गर्दा नै यी सबै दुखहरु भोग्नु परेको हो l तिर्ष्ण भनेको मन पर्ने चिज प्रति आसक्ति उत्त्पन्न हुनु मन नपर्ने चिज प्रति घिर्ण देष, क्रोधको भावना र अज्ञानता नै तिर्ष्ण हो l मानवमा तिन प्रकारको तिर्ष्ण उत्त्पन्न हुन्छ जस मध्य :
पहिलो तृष्णा कामतिर्ष्ण यसले हामीलाई धन, सम्पति यश प्रसिद्धि सन्तान आदि गर्नु यसै अशक्त भएर बढाउदै लाने इच्छा राख्नु तर यसको सदुपयोग नगर्नुलाई कामतृष्णा भनिन्छ l
दोश्रो तृष्णा, भवतृष्णा मानिसले फेरी बारम्बार जन्म लिनपाउ अझ धेरै सुखभोग गर्ने लाल्च्चा जगाउनु सधै आफुलाई मात्र जीवित सुख सयल गर्ने इच्छा बोकी देव, ब्रह्म लोकसम्म आफ्नो तिर्ष्ण जगाउनु नै भव तिर्ष्ण हो l यस्तो तिर्ष्णले हामीलाई सधै दुखको भुमरीमा घुमाई रहन्छ l
तेस्रो तृष्णा बिभवतृष्णा यसले मानिसलाई यहि जन्म नै सुख भोग गर्न जन्मिएको भनेर जे गरे पनि यहि जन्ममा गर्नु पर्छ भनेर मरे पछी सकियो त्यसैले यहि जन्ममा सबै थोक गर्नु भनेर जे काम गर्नपनि अघि बढ्छ के सहि हो के गलत केहि नि छुटाउदैन पाप र पुण्यको ख्याल नै गर्दैन जे पायो त्यहिँ काम गर्दछ यस्तो प्रकारको तिर्ष्णलाई बिभवतृष्णा भनिन्छ l यसप्रकारको तिर्ष्णमा लाज, शर्म, धर्म भन्ने चिजको कहिँ कतै निशाना पाइदैन l तिर्ष्णमा लोभ, क्रोध र मोह सयुक्त रुपमा रहेको हुन्छ l वास्तविक सुख के हो भन्ने नै नबुझिकन अनेक प्रकारको भौतिक सुख सुबिधाको पछी लगेर गर्नु हुने नहुने कर्म (काम) को वास्ता नगरी शिल सदाचारको कुनै महत्तो नराखी लोभ जगाई काम गर्नु नै तिर्ष्णको मुख्य कारण हो l
मानिस यथार्थताको ज्ञान नहुदा प्रिय प्रति लोभ जगाउछ भने अप्रिय प्रति क्रोध, देष भावना जगाउछ l यसैबाट सस्कार उत्त्पन्न भएर दुख सुरु हुन्छ l यसरी दुखबाट दुख नै उत्त्पन्न भई रहन्छ l दुखले फेरी कारण बनाउदछ कारणले फेरी दुखलाई निम्ताईरहेको हुन्छ l यसरी हामी मानिसमा दुखको चक्र घुमी रहेको हुन्छ l
प्रतित्यसमुत्पदको आधारमा हेर्ने हो भने हामीलाई स्पस्ट रुपमा थाहा हुन्छ कि पहिलेको अविद्याको कारणले वर्तमानमा सस्कार बन्दछ l वर्तमानमा सस्कारको कारणले विज्ञान प्रतिसंन्धि बन्दछ l यस बिज्ञानको कारणले वर्तमानमा हाम्रो जीवनरुपी शरीरमा नाम रुप प्राप्त हुन्छ l फेरी नामरूपको कारणले आयतन (षडायातन) बन्दछ आयतनको कारणले कुनै पनि बिषयमा इन्दिर्यको प्रभावले स्पर्श हुन्छ, स्पर्श भएको कारणले हामीमा समबेदना उत्त्पन्न हुन्छ l यसरी हामीमा समबेदना उत्त्पन्न भएको कारणले राग, देष, रिस भावना, लोभ, माया, मोह क्रोध भावनाको कारणले तिर्ष्ण उत्त्पन्न हुन्छ l जब मानिसमा तिर्ष्ण बढ्दै जान्छ तब उपदान उत्त्पन्न हुदै जान्छ l उपदानको कारणले भवको निर्माण हुदै जान्छ l यहि भवको कारणले जन्म पुनजन्म भई रहेको हुन्छ l जन्म लिइसके पछी विभिन्न किसिमको शारीरिक, मानशिक दुख झेल्नु परिरहेको हुन्छ l साथै बुढो हुनु, रोगि हुनु, अनन्त मर्नु पर्ने हुन्छ l यसरी हामी दुखको खाडलमा जानु पर्ने बाध्यता हुन्छ l यदि हामीमा तिर्ष्ण नभई दिएको भए दुखको कारण सबै नष्ट भएर दुखबाट मुक्ति पाउन सक्ने छौ l हामीमा उत्त्पन्न हुने समबेदनालाई राग, देष, क्रोधमा प्रतिक्रिया नगरी तिर्ष्णलाई रोक्न सक्दछौ दुखको कारणलाई बन्न नदिन सक्दछौ l
हामीमा भएको संवेदनालाई भित्रि गहिरिएर अनुभव गर्ने हो भने राग, देष, क्रोध भावना नै पौदैनौ l त्यहाँ त प्रज्ञाको कारणले संवेदना बिस्तारै हराएर जान्छ जाति जाति संवेदना उत्त्पन्न हुन्छ त्यहाँ प्रज्ञाले अनुभव गर्ने त्यो बेदना त्यहिँ बिलाएर जान्छ यसरी संवेदनाबाट तिर्ष्ण नै बन्न नदिने हो भने उपदान, भव अनि जन्मको सम्भावना नै समाप्त भएर जान्छ l जब हाम्रो जन्म नै नभए पछी हामी ले बुढो, रोगि, अनि मर्नु पर्ने सबै किसिमको दुख समाप्त भएर जान्छ l यस संसारमा जन्म लिए पछी नाम रुपको उदय भइसकेको हुन्छ l जसलाई हामी पंचस्कन्ध पनि भन्दछौ l रुपस्कन्ध, बिज्ञानस्कन्ध, संज्ञास्कन्ध, वेदनास्कन्ध र सस्कारस्कन्ध यिनै रुपलाई नाम रुप भनिएको हो l नाम भनेको चित्त हो भने रुप भनेको शरीर हो l रुप वा शरीरमा मात्रै एउटा स्कन्ध रुपस्कन्ध पर्दछ भने अरु चार सक्न्ध नाम वा चित्तमा पर्दछ l रुपमा शरीर मात्रै भएता पनि रुपस्कन्ध चार महाभुत तत्त्व मिलेर भनेको हुन्छ l जसलाई हामी पृथ्वी, पानी, अग्नि र वायु भन्दछौ l यिनीहरुको चार प्रकारको स्वभाव धर्म हुन्छ l ति हुन् रंग, रस, ओज र गन्ध नाम वा चित्तस्कन्ध : यहाँ मानिसलाई साच्चै कम गराउने त चित्तस्कन्ध नै हो l रुपस्कन्धले त नामस्कन्धले लगाएको कमलाई लागु गर्ने काम मात्रै गर्दछ l बिज्ञान स्कन्धले जान्ने काम गर्दछ l संज्ञास्कन्धले बस्तुलाई पहिचान गराउने काम गर्दछ l वेदनास्कन्धले सुख दुख अनुभव गराउने काम गर्दछ भने सस्कारस्कन्धले प्रतिक्रिया गरेर कर्म बनाउने काम गर्दछ l जस्तो कि हामीले कुनै चिज देख्दछौ यो बिज्ञानस्कन्धको काम हो कस्तो चिज देखिउ यो संज्ञास्कन्धको काम हो l उक्त चिजलाई देखेर कस्तो अनुभव गरिउ त्यो वेदनास्कन्धको काम हो उक्त चिज अनुभव गरेकोमा कस्तो प्रतिक्रिया गरिउ त्यो सस्कारस्कन्धको काम हो l यसरी हामी दुख संसारमा घुमीरहेका छौ l यसको मूल कारण तृष्णा नै हो l तिर्ष्णको कारणले जन्मनु परेको हो जन्मसंगै सबै किसिमको दुख भोग्नु परेको हो l
भिक्षु नाम मगर