८२ बर्ष पुरानो थेटरको समउदघाटन

भिम थापा मगर, १७ जुलाई हंगकंग, सन १९३० मा निर्माण गरीएको काउलुन स्थित याउ मा तेइ थटरको पुःन निर्माण गरी लेजर एण्ड कल्चर विभागको मातहतमा राखी सञ्चालनमा ल्याइएको छ । उक्त थेटरको भब्य समारोह विच भर्रखरै मात्र हंगकंगको कार्यकारी प्रमुखको कार्यभार सम्हालेका कार्यकारी प्रमुख सी वाई लियोङले समउदघाटन गरेका थिए ।


हंगकंगका फिल्म पारखीहरुको मनोरञ्जनको तृष्ण मेटाउन १९३० मा निर्मित उक्त थेटरमा १४ जुन १९३० का दिन आवाज बिहिन (सुन्न नसकिने) बल्याक एण्ड ह्वाइट A Plum with Him नामक चलचित्र पहिलो चोटी प्रदर्शन गरीएको थियो । यसको ठिक एक बर्षपछि पहिलो बार्षिकउत्सबको अबसर पारेर १५ जुन १९३१ का दिन आवाज भएको (सुन्न सकिने ) बल्याक एण्ड ह्वाइट The Enemy starring Lillian Gish नामक चाइनिज चलचित्र प्रदर्शन गरीएको थियो । तर १९३४ मा यसलाई साच्चै आवाज सुन्न सकिने फिल्म थेटरमा परीणत गरीएको थियो । जब १९४५ मा दोस्रो विश्व युद्ध शुरु भयो त्यस समयमा अहिले फोहर संकलन केन्द्र भएको ठाउमा बम खसेको थियो । त्यस समयमा मानविय क्षति नभए पनि थेटरको छानामा असर परेको थियो भनेर याउ मा तेइ थेटर अगाडि बसोवास गर्ने श्री हो बताउछन । त्यसपछि २१ नोभेम्वर १९४६ मा यो थेटर पुःन सञ्चालन गर्न शुरु गरीयो । त्यस समयमा पनि त्यहि पहिलो चोटी प्रदर्शन गरेको A Plum with Him नामक फिल्म नै देखाइएको थियो । त्यस समय पश्चात फिल्म जगतको सनौलो युग शुरु भइ चाइनाको विभिन्न ठाउमा पनि फिल्म देखाउन थालियो ।