११ कार्तिक, बुटवल
पित्तललाइ सुन भनी सर्वसाधारणलाई ठगी गर्ने एउटा गिरोहका एक महिला सहित पांच जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु लवनी १ का २८ वर्षिय धिताल मुराव, रुपन्देही एकलाका मोहमद अकबुबकर खां, रुपन्देहीकै खुदाबगरका कलामुद्धिन खां ,सकिल अहमदखां र भारत नौगढकी बिमला केसी रहेका छन् ।
उनीहरुलाइ प्रहरीले बिहिवार भैरहवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटना बिबरण अनुसार,कपिलवस्तु लवनी १ बस्ने मुरावले भारत नौगढ बस्नेएस.एम.जादुगरसंग सल्लाह गरी पित्तलका सिक्काहरुलाई सुन भनि झुक्काई ठुलो धनराशी कमाउने योजना बनाए । सोही योजना अनुरुप उनले अन्य नेपाली साथीहरु डाक्टर भनि चिनिने मोहमदअवुबकर खां, कलामुद्धिन खां, सकिल अहमद खां, बिमला के.सी.(मुसलमान) को टिम तयार पारि ऋषिराम थापालाइ प्रति केजी नौ लाखका दरले हुन आउने पांचलाख रुपया लिएर सिक्का दिएका थिए । थापाले धेरै पैसा कमाउने प्रलोभनमा सस्तोमा सुनखरिद गरी चेकजाच गर्दा त्यो पित्तल भएको थाहा पाएपछि प्रहरीकोमा उजुरीदिएका थिए । उनीहरुको साथबाट प्रहरीले ठगी गरिएको २ लाख ४५ हजार रुपया र मोवाइल बरामद गरेको जनाएको छ । उनीहरुलाइ ठगी अन्र्तगत मुद्धा अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक शेर बहादुर बस्नेतले बताए ।
लोभी ठग्ने ठगहरु समातिए
Read Time:2 Minute, 1 Second