नेपाली चलचित्र निर्देशक तुलसी घिमिरेले प्रभात प्रवासी पुरस्कार तथा भिक्टोरिया क्रस विजेता क्या रामबहादुर लिम्बूले प्रभात प्रवासी सम्मान प्राप्त गर्ने भएका छन् । प्रवासी नेपाली साहित्य समाज बेलायत\ब्रुनाईको ३० असारमा बसेको बैठकले यस्तो निर्णय गरेको समाजका अध्यक्ष विश्वासदीप तिगेलाले इमेलमार्फत जानकारी दिएका छन् । पुरस्कृत घिमिरेले रु ३११०० सहित ताम्रपत्र र लिम्बूले ताम्रपत्र प्राप्त गर्नेछन् ।
यसैगरी अफगानिस्तानमा कार्यरत साहित्यकार केदार सुनुवार सङ्केतलाई प्रशंसापत्र प्रदान गर्ने निर्णय पनि गरेको छ । पुरस्कार तीन हप्तापछि वितरण गरिने छ ।
तिलिसरा राना गाहा, काठमाडौं