भाग्दै गरेका पुन समातिए

दाङ (देउखुरी), ११ कात्तिक
 सल्यानको थारमारेमा आफ्नै श्रीमतीको हत्या गरी भाग्दै गरेका एक युवकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले हिजो पक्राउ गरेको छ । थारमारे गाविस–९ खालकी २० वर्षीया सावित्री पुनको हत्यामा संलग्न उनकै श्रीमान् हिमराज पुनलाई तुलसीपुर प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय सल्यानको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    अस्ति बेलुकी श्रीमान्सँगै दाउरा लिन जङ्गल गएकी पुनको शव घाँटी रेटेको अवस्थामा फेला परेको थियो ।  हेमलाल पुनले प्रहरीसामु बञ्चरो प्रहार गरी हत्या गरेको बयान दिएकाछन् ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %