गोर्खालिद्वारा समान अधिकारको लागि हस्ताक्षर सहित ज्ञापन पत्र

Read Time:1 Minute, 16 Second
बेलायत सम्बादाता, बेलायतमा रहेका गोर्खा हक अधिकारको निमित्त स्थापना भएका संघ सङ्स्थाहरुको संयुक्त पहलमा ११ जुलाई २०१२ मा समान पेन्सन, गोर्खाहरु माथि गरिएको भेदभावको उचित क्षतीपुर्ती लगायतका बिबिध माग राखी टेन डाउनिङ स्ट्रिटमामा अवस्थित  प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । गोर्खालिद्वारा बेलायती सैनिकसरह समान अधिकार र न्याको माग गर्दै  एक लाख एघार हजार हस्ताक्षर सहितको ज्ञापन पत्र बेलायती प्रधान मन्त्रीलाई बुझाएको हो । उक्त माग्को समर्थन्मा हजारौ गोर्खाली लगायत न्याप्रेमी बेलायती  जनताहरुले बेलायतको  संसद भवन अगाडि प्रदशन गरेका थिए । कार्यक्रम्मा युबिजिइए, बीजिदब्ल्युएस्, बीजि नेसा, बीदब्ल्युजिहेचपि लगायतका संघ संस्थाहरुको सहभागीता रहेको थियो ।   
(फोटो धन घले)  
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %