दोलखा, ११ कात्तिक
दोलखाको बुलुङ गाविस–१ जामुनेमा आज दिउँसो २ बजे ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सिंगटी बजारबाट बुलुङका लागि छुटेको ट्र्याक्टर दुर्घटना हुँदा अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।
घाइतेको स्थानीयवासीले उद्धार गरी सामुदायिक अस्पताल सिंगटीतर्फ लगिरहेका छन् ।