आदिवासी जनजाती युवा संगठन अमेरिकाको जन्म

 इन्दिरा चोंग्बंग 

आजको युवा नै भोलिको कर्णधार   भन्ने नारालाई शार्थकता दिंदै   न्यु योर्कमा रहेका नेपालका  आदिवासी जनजाति  युवाहरुको एक भेलाले  ११ सदस्सीय ” आदिवासी जनजाति युवा संगठन अमेरिकाको ” गठन गरेको   छ   / भेलाले  अहिलेसम्म अमेरिकामा विभिन्न  संघ  संस्था रहे पनि  आदिवासी जनजाति सम्बन्धि युबाहरुको संगठनको अभाब भएको निर्कियोल निकाल्दै  सो संगठन अत्यन्त आबस्यक रहेको निस्कर्स निकालेका थिए l आदिवासी जनजाति महिला महासंघ अमेरिकाको संयोजकत्वमा   सम्पन्न उक्त भेलामा  विभिन्न  संघ संगठनका पदाधिकारीहरुको  उपस्थिति  रहेको  थियो l

युबाहरुलाई सामुहिक रुपमा कार्यगत एकता   गराउनका लागि, आदिवासी जनजातिहरुको भेसभुसा, भाषा, संस्कृति र संस्कारको  संरक्षण  गर्नका लागि, युबाहरुको  समस्या  समाधान  गर्नका  लागि, युबाहरुलाई आफ्नो पहिचान  सम्बन्धि सचेत गरुन तथा अन्य बिभिद कार्यहरुमा सक्रिय बनाउने  उदेश्यले उक्त युवा संगठनको गठन गरिएको हो  l

समितिको पदाधिकारीहरुमा अध्क्षयमा  सिदार्थ तामांग,  उपाध्यक्ष करुणा राइ, सचिबमा जुबी गौचन,  सहसचिब रबिन लिम्बु, कोसाध्यक्ष लुना योंगहांग रहेका छन् भने सदस्यहरुमा  रोमीका लिम्बु, बिकाश शेर्पा, उदेश लिम्बु, हेलेन लिम्बु, कोमल बम्जन र कुन्सांग गुरुङ रहेकका छन्  । आगामी दिनमा युबाहरुलाई स्वत स्फुर्त रुपमा अघि बढ्नका लागि हौसला प्रेरणाका लागि आदिवासी जनजाती महिला महासंघ अमेरिका सधै कतिबद्वा रहने संस्थाको धारणा रहेको छ । कार्यक्रमा संयोजक संस्थाका पदाधिकारीहरुको  सक्रिय भुकिया रहेको थियो  भने युबाहरुलाई भेला गर्नका लागि अन्य संघ संस्थाका पदाधिकारीहरुले पनि महत्वपुर्ण भुमिका खेलेका थिए ।
नवगठित संस्थाले युबाहरुको इच्छा र सोच अनुसारको कार्यक्रम तय गर्दै जानेछन भने उनीहरुको समर्थनमा आदिवासी महिला महासंघ लगायत अन्य संस्थाहरुले अभिभाबकको भूमिका निभाउने छ ।