पोखरा, ११ कात्तिक
प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)बाट मुलुकलाई बजेटविहीन अवस्थामा पु¥याएर देशको अर्थतन्त्रलाई तहसनहस पार्न खोजिएको आरोप लगाए । प्रेस चौतारी कास्कीले पोखरा विमानस्थलमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री पनि चयन गर्न नसक्ने र नयाँ बजेट ल्याउन पनि नदिने माओवादीले आफ्नो यो अनुत्तरदायी स्वभाव सुधार्नुपर्ने बताए ।
माओवादीले सरकारलाई साधारण बजेट मात्र ल्यान दिने भनेर अर्को अनुत्तरदायी कुरा गरेको बताउँदै प्रधानमन्त्री नेपालले बजेट ल्याउन नदिएर माओवादीले विकासनिर्माणका काम ठप्प र रोजगारीका सबै अवसर समाप्त पारेर मुलुकलाई अस्तव्यस्त पार्न खोजेको दोषारोपण गरे। राज्यको ढुकुटीबाट तलबभत्ता खाएर क्यान्टनमेन्टमा बसेका लडाकुहरुले मनपरी गर्न पाइँदैन भन्दै प्रधानमन्त्री नेपालले राजनीति गर्ने पार्टीलाई अब सेना र हतियार राख्न नदिइने चेतावनी दिए । । माओवादीले विशेष समितिमा कुनै एजेन्डा राखेर अघि नबढाउने, पटकपटक आलटाल मात्रै गर्ने भन्दै .. माओवादीका यी सबै गतिविधिले फेरि ऊ विद्रोहको तयारीमा जुटेको छ कि भनेर आफूलाई लागेको बताए ।
एमाले सबै राजनीतिक पार्टी सँगसँगै बसेर खुलारुपमा छलफल गर्न तयार भएको विश्वास दिलाउँदै प्रधानमन्त्री नेपालले सहमतिबाट नयाँ प्रधानमन्त्री चुन्न नसकिए बहुमतीयबाट पनि प्रधानमन्त्री छान्न सबै दल अग्रसर हुनुपर्नेमा दिनुपर्ने बताए । सो कार्यक्रम प्रेस चौतारी कास्कीका उपाध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा भएको थियो ।
रासस