सभापति कोइराला एक साता आराममा

Read Time:1 Minute, 13 Second

काठमाडाँ, १२ असोज । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको स्वास्थ्यमा सुधार आए पनि अझै एक साता आराम गर्न उनको उपचारमा संलग्न चिकित्सकले सल्लाह दिएका छन ।

 

 

    सभापति कोइरालाले आज बिहान सञ्चारकर्मीसँस संक्षिप्त कुरा गर्दै आफूलाई अहिले आराम महसुस भएको वताए ।

    एक सातादेखि त्रिविवि शिक्षण अस्पतालमा निमोनिया भएर उपचार गराइरहनुभएका कोइरालाको स्वास्थ्यमा निकै सुधार देखिएकाले आज साँझ स्वास्थ्य परीक्षण गरी सम्भवतः भोलि घर पठाउने उपचारका संलग्न डा करवीरनाथ योगीले बताए ।     डा योगीले उनको उपचार गराएको सात दिन पुगेकाले अब केही दिन घरमै बसेर आराम गर्न सल्लाह दिएको बताए  ।

    सभापति कोइरालाको खोकी निको नभएकाले उनलाई अझै केही दिन आराम गर्न सल्लाह दिइएको डा योगीले बताए  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %