आदिबासी जनजाति संयुक्त संघर्ष समिति जर्मनीको अन्तरक्रिया कार्यक्रम

Read Time:1 Minute, 48 Second

 गणेश गुरुङ, जर्मनी  – ६ जुलाई २०१२ शनिबारका दिन नेपाल आदिबासी जनजाति संयुक्त  संघर्ष समिति जर्मनीले नेपाल आदिबासी जनजाति महासंघका महासचिब आंग काजि शेर्पाको मुख्य  अथितीमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न गरेको थियो  l

संयुक्त संघर्ष समिति जर्मनीका संयोजक  चाप्चा  राईको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रमको संचालन समितिका सचिब सन्चमान जबेगुले गरेका थिए l  उक्त कार्यक्रममा विभिन्न आदिबासी जनजाति संस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए l स्वागत मन्तब्य नेवा समाजका गङ्गालाल  श्रेष्ठले  दिएका थिए  l साथै मन्तब्य दिनेहरुमा सोनम शेर्पा ( शेर्पा समाज ), ईन्द्र गुरुङ  ( तमु समाज  ), देन्दी शेर्पा , धावा शेर्पा , आदिबासी जनजाति समाज  हामबर्गका  अधक्ष्य प्रेम पिमु र नेपाल जनजाति समाज म्युनिखका अधक्ष्य  शेख राज सुनुवारले बोलेका थिए l उक्त कार्यक्रममा बोल्ने बक्ताहरुको प्राय सबै  एउटै स्वरमा संघिय गणतन्त्र  नेपाल पहिचान  सहितको हुनु पर्ने र बर्तमान नेपालको परिस्थितिलाई मध्यनजर राख्दै विश्व भरि छरिएर रहेका आदिबासी जनजाति सबै एक हुनु पर्नेमा जोड दिइएको  थियो !
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %