सम्मेलनले पार्टी खोल्ने म्याण्डेड दिएको छ अब कहिलेसम्म नयाँ पार्टीको जन्म हुन्छ ?
आदिवासी दिवस अगस्ट ९ मा गठन गर्ने भनेको छ ।
त्यो पार्टी कस्तो हुन्छ सबै विचार समूहका अटाउँछन् त ?
पार्टी कस्तो हुने सम्मेलनले केही निर्णय गरेको छैन पार्टी गठन के कसरी गर्ने अव तयारी हुन्छ ।
एमाले पार्टीले तपाईहरुलाई कारर्वाही गर्ने भनेको छ नि यसलाई कसरी लिनु भएको छ ?
कस्तो कारर्वाही गर्ने रहेछ हामीले पनि हेर्ने छौ । कारर्वाही गरेमा हामी पनि त्यहि ढंगले प्रस्तुत हुने छौ । तर हामीले आफ्ना माग राख्दा पार्टीले कारर्वाही गर्ने त्यो पार्टी कस्तो पार्टी हो ? कारर्वाही गर्नु पर्ने कारण पनि छैन । हामीले त्यस्तो नचाहिने के नै काम गरेका छौ र !
एमाले पार्टीको नीति विपरीत बोल्न पाइन्न त्यसो गरेमा कारर्वाही गर्ने भनेर अध्यक्ष लगायत नेतृत्व पक्षले तपाईहरुलाई भन्ने गरेको छ नि ?
पार्टीको नीति नियम तोडेकोमा अध्यक्षले कारर्वाही गर्दछु भन्ने निमयसंगत हुदैन । पार्टीको नीति के सिद्धान्त के हामीलाई पनि थाहा छ । अध्यक्षले त्यसो भन्न पाउदैनन् ।
मधेशी मुश्लिमलाई तपाईहरुले गठन गर्ने पार्टीमा समावेश गरिन्छ गरिन्न ?
मधेशी जनजाति र मुश्लिमलाई मात्र होइन बाहुन समेतको सहभागितामा पार्टी बन्छ । पार्टी भनेको सबैको हुनु पर्छ । जनजातिको मात्र पार्टी बनाएर त चल्दैन त । हतारमा पार्टी गठन गर्न कतिपय लागेका छन् तर त्यो कुरामा म सहमत छैन । सबैलाई मिलाएर पार्टी गठन गर्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।
दुई दिने भेला त्यसो भए अर्थपूर्ण रह्यो ?
देशका सबै जिल्लाबाट करीब १ हजार जनाको सहभागिता रह्यो । पार्टी गठनमा धेरैको चाहना रहेको पाइयो । सहभागिले राखेको चाहना र भावना अनुरुप अब हामी अगाडि बढ्ने छौ । त्यस कारण पनि सम्मेलन आफैमा सार्थक रह्यो ।
(राज्यसत्ता नेपाल व्युरो)