मधेसवादी दलका कारण नामावली सङ्कलन कार्य बन्द

Read Time:1 Minute, 8 Second

    विराटनगर, ११ कात्तिक
 जिल्ला निर्वाचन कार्यालय मोरङले सुरु गरेको फोटोसहितको मतदाता परिचयपत्र सङ्कलन कार्य मधेसवादी दलका कारण स्थगित गर्नुपरेको जनाएको छ । एक महिना पहिले सुरु भएको यो कार्य पहिलो चरणमा १० वटा वडामा २९ हजार ७४३ जना र दोस्रो चरणमा १२ वटा वडामा सात हजार ५२४ जनाको फोटोसहितको मतदाता परिचयपत्र बनाउने कार्य सम्पन्न गरेको छ ।
मधेसवादी दलहरुले कार्यालयको काममा अवरोध गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले तत्काल सुरक्षा दिन नसक्ने बताएपछि सो कार्य बन्द भएको बताइएको छ । यसअघि मोरङ निर्वाचन क्षेत्र नं ६ र ७ मा जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचन प्रयोजनका लागि नागरिकता प्रमाणपत्र भएका मतदातालाई फोटोसहित परिचयपत्र वितरण गरेको थियो ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %