जर्मनीमा जनजाति समाजले १८ औ बिस्व – आदिबासी दिबस मनाउने

गणेश गुरुङ , जर्मनी  –  नेपाल जनजाति समाज e.V. म्युनिख , जर्मनीको अध्यक्ष  श्री शेख  राज सुनुवारको  अध्यक्षतामा  बसेको कार्यकारिणीको बैठकले यहि आउदो ११ अगस्त २०१२ शनिबारका दिन एक  भब्य सांस्कृतिक कार्यक्रमका साथ्  १८ औ बिस्व – आदिबासी दिबस मनाउने निर्णय गरेको छ  !  यसै  दिन नेपाल जनजाति समाज  म्युनिख , जर्मनीले कानुनि मान्यता पाएको ठिक  एक बर्ष पुगेको  खुसियालीमा युरोप – टुरमा  पाल्नु हुने नेपालका ख्याती प्राप्त कलाकारहरु  रेश्मा सुनुवार , अभिनास घिसिंग  र देविका केसीको बेजोड सांस्कृतिक कार्यक्रमको आयोजना  गर्ने भएको छ !  जर्मनीमा पहिलो पटक मनाउनु गैरहेको बिस्व – आदिबासी दिबसको आयोजन जर्मनीको विभिन्न शहर  (  हामबर्ग , फ्रयांकफर्ट  )  मा स्थापित जनजाति संस्थाहरुको संयुक्त पहलमा सम्पन्न हुन गैरहेको छ  !  उक्त  दिबशको उपलक्ष्यमा नेपाल जनजाति संघर्ष  समिति जर्मनीको संयोजकत्वमा बृहत अन्तरक्रियाको कार्यक्रम समेत आयोजना गर्ने भएको छ  !उक्त  कार्यक्रमलाई  प्रभावकारी ढंगले सफल गराउन संस्थाको आगामी  बैठकले कार्यहरुको जिम्मेवारी  बाडफाड  गर्ने निर्णय गरेको छ  !