चितवनका पाँच टेलिभिजन च्यानल बन्द भए

Read Time:1 Minute, 21 Second

    चितवन (रत्ननगर), ११ कात्तिक
 अवैधानिकरुपमा सञ्चालन हुँदै आएका चितवनका पाँचवटा स्थानीय टेलिभिजन च्यानल एकैसाथ बन्द भएका छन् । सरकारले कडाई गर्न थालेपछि ती च्यानल हिजोदेखि अनिश्चितकालका लागि बन्द भएका हुन् । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले वैधानिकरुपमा सञ्चालन गर्न हिजोका लागि अन्तिम मिति दिएको थियो ।  बन्द भएका च्यानलमा चितवनको सबैभन्दा पुरानो वेसो च्यानल, युनिक, प्राइम, अर्पण र कलस रहेका छन् । कलसबाहेक अन्य चार च्यानलले संयुक्तरुपमा एउटा वैधानिक च्यानल दर्ता गरेर निकट भविष्यमै नयाँ च्यानल सञ्चालनमा ल्याउने संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संयुक्त विज्ञप्तिमा सरकारको स्पष्ट नीति नभएका कारण बन्द गर्न बाध्य भएको जनाइएको छ । च्यानल बन्द भए पनि यहाँका सर्वसाधारण टेलिभिजनमार्फत स्थानीय गतिविधि हेर्नबाट वञ्चित भएका छन् ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %