बुद्ध जन्मभूमि लुम्बिनी मा किन प्रश्न उठीरहन्छन…?

Read Time:10 Minute, 29 Second

      बुद्ध भगवान को जन्म भूमि लुम्बिनीलाई लिएर धेरै विवाद आउने गरेको छ l यसै बिषय लाई लिएर मलाई एकजना मित्रले प्रश्न गर्नु भएको थियो, हामी सबै लाई थाहा छ बुद्ध भगवान नेपालको लुम्बिनीमा जन्मनु भएको भनेर तर किन भारत ले विवाद उठाई रहन्छ भनेर ???

हामीसंग यति धेरै प्रमाणहरु छन् कि बुद्ध भगवान नेपाली कै लुम्बिनी मा जन्मनु भएको भनेर लुम्बिनीमा रहेको अशोक स्तम्भ ले पनि काफी हुन्छ l पाली साहित्य मा हिमालयको काखमा रुम्बिनी (लुम्बिनी) भन्ने ठाउँमा जन्मनु भएको हो भनेर लेखिएको छ l बुद्ध भगवानको महापरिनिब्बनको २०० वर्ष पछी अशोक महाराजले आफ्नो राज्यभिशेकको उपलक्ष्यमा लुम्बिनीमा आएर बुद्ध भगवान यहि जन्मनु भएको थियो भनेर स्मारक बनाउन लगाउनु भएको थियो जुन स्मारक अझ हामी देख्न सक्क्छौ l सम्राट अशोक बुद्ध धर्मको सबै भन्दा ठुलो राजश्रयदाता हुनुहुन्थ्यो l बौद्ध साहित्य अनुसार अशोक महाराजले इ.पू २७७ मा आफ्नो २०औ राज्यभिषेकको अबसरमा भगवान  बुद्धको जन्म भुमि लुम्बिनीमा आउनु भएको थियो l उहाले लुम्बिनीमा एउटा स्तम्भ लगाउनु लाउनु भएको थियो उक्त स्तम्भ अझै पनि अबस्थित रहेको छ उक्त स्तम्भमा ब्रह्मी (अक्खा) लिपि मा यस्तो उल्लेख गर्नु भएको छ ।
देवा वातन पियन पियदस्सिन,लाजिन विसती वसाभिसितेन !
अतन आगाच महिइतेहिद बुद्ध जाते शाक्यमुनि ती !!
शिला विगत भी च चालापित शिलाथ भिगच उसपायिते !
इध भगव जातेती लुम्मिनी गामे उवलिके कटे अठ भागिय च !!
देवताहरुको प्रिय प्रियदर्शी (अशोक) राजा राज्याभिषेकको २० औ बर्षमा आफै आएर यहाँ बुद्ध शाक्यमुनीको जन्म भएकोले ढुंगाको प्रचिर (स्तम्भ) बनाउनु लगाउनु भयो र शिला स्तम्भ स्थापना गराउनु भयो । यहाँ भगवान जन्मनु भएकोले लुमिनी गाउलाई कर मुक्त गरियो र अष्ट भागीय पनि “

आज संसारले चिनेको बुद्ध जन्म भूमि पनि लुम्बिनी नै हो अब हामीले कागले कान लग्यो भनेर कागको पछी दौडने होइन कि पहिले आफ्नो कान समात्ने काम गर्नु पर्दछ । पहिले आफ्नो बाकसको साचो दरो लगायौ भने कसैले पनि चोर्न सक्दैन त्यसैले हाम्रो बाकस लाई मजबुत बनाऊ हामी सबै नेपाली मिलेर अघि बढ्नु जरुरि छ यस्तो कुरा आउन नदिन हामी नेपाली सचेत हुनु जरुरि छ जब सम्म हामीमा बुद्ध शिक्षा हुदैन तब सम्म हामीमा चेतन हुदैन । बिडम्बना को कुरा हो बुद्ध जन्म भूमिमा हिन्दु पण्डितहरु गएर सप्ताह पुरण लगाउनु…!! मात्रै दुई बर्ष अगाडीको कुरा हो लुम्बिनी स्थित नेपाली राजकीय बुद्ध विहारको पछाडी पट्टि खाली ठाउँमा सप्प्ताह पुरण लगाए के यो उचित हो ..???? अर्को बिडम्बनाको कुरा लुम्बिनी जस्तो राष्ट्रको गौरव, देशलाई चिनाउने ठाउँमा एउटा नेपालको झन्डा पनि नहुनु, केहि महिना अघि म लुम्बिनी गएको थिए नेपाल जादा म भिक्षु भएको नाताले लुम्बिनी जानु कुनै अनौठो भएन लुम्बिनीमा एउटा नेपाली झन्डा फहराएको नदेख्दा मेरो मन सारै रुएको थियो अनि मैले लुम्बिनीमा एउटा नेपालको झन्डा राख्छु भनेर लुम्बिनी भित्र बाहिरको सबै पसल मा चाहारे नेपाली झन्डा खोज्दै तर कतै पाउन सकिन अनि रुएको मनलाई सम्झाउदै फेरी अर्को पटक आउदा नेपाली झन्डा लिएर आउनेछु भन्दै वाचा गरे यो कुरा मैले किन जोडेको भन्दा हामी नेपाली हु भनेर गर्व गर्न नथाक्ने लुम्बिनी हाम्रो भन्ने गर्व गर्ने हामी नेपाली लुम्बिनीमा एउटा देशको झन्डा किन राख्न सक्दैनौ..????? फेरी लुम्बिनी भित्र जति नि कर्मचारीहरु छन् सायद हातको औला गन्न सकिने मात्र बुद्ध धर्म मान्ने छन्, लुम्बिनीमा जति अरु देशले बनाएका विहार, गुम्बाहरु छन् त्यहाँ काम गर्ने प्राय सबै हिन्दु नै छन् मैले जर्मनले बनाएको गुम्बा तारा फाउन्डेशनमा काम गर्ने एउटा महिलालाई सोधेको थिए कि तपाई कुन धर्म मान्नु हुन्छ भनेर अनि लुम्बिनी र बुद्ध धर्मको बारेमा के थाहा छ भनेर सोधेको थिए उनले भनिन् मा हिन्दु धर्म मान्छु अरु मलाई केहि थाहा छैन बस यहाँ काम गर्छु मात्रै भनिन् त्यहाँ जति पर्यटकहरु पुग्छन उनिहरुलाई लुम्बिनी अनि बुद्ध भगवानको बारेमा बताउने मान्छे खोइ..???? ताकी त्यहाँ काम गर्ने कर्मचारीलाई थाहा छैन भने लुम्बिनीमा एउटा नेपाली झन्डा देखिदैन भने जब पर्यटकहरु प्राय भारत हुदै लुम्बिनी अउछन । उनिहरु भारतीय गाइडहरु संग अनि लुम्बिनीमा नेपालको पहिचान देखिने कुनै चिज नदेखे पछी भारतीय गाइडले जसो जसो भन्छ त्यहि विश्वास गरेर फर्कन्छन । अनि लुम्बिनी पनि भारत नै हो भनेर सम्झन्छन र आफ्नो यात्रा बिबरणमा त्यहि लेख्छन यसो हुनुको जिम्मेवार स्वयं हामी नेपाली पनि केहि हद सम्म छौ । यो कमजोरी हुन नदिन हामी नेपाली सबैले सचेत हुनु जरुरी छ सबै नेपालीले बुद्ध शिक्षा जान्नु जरुरि छ यदि सबै नेपालीमा बुद्ध शिक्षा भएमा पक्कै कसैले पनि यस्तो प्रश्न गर्ने छैन ।

मलाई एउटा घटना याद छ अस्ति मात्रै नेपाल जादा पश्चिम नेपालको सुर्खेत जिल्ला गएको थिए सुर्खेतमा प्रसिद्ध काक्रेविहार रहेको छ उक्त विहार कहिले बनेको थियो भन्ने अझै पनि पत्ता लग्न सकेको छैन अनुमानमा सातौ या अठौ सताब्दीमा बनेको हो भनेर अनुमान गर्न सकिन्छ । म त्यहाँ गएको थिए मसंग सुर्खेतका बसन्त थापा मगर लगाएत केहि अरु उपासकहरु पनि जानु भएको थियो हामी काक्रे विहारको परिसरमा पुग्दा काठमाडौँबाट केहि पत्रकार लगाएत ओसोका अनुयाईहरु पनि पुगेका रहेछन उनिहरुलाई त्यहाँको पाले चौकीदार जसलाई केहि तलब दिएर रेखदेख गर्न भनेर राखेको रहेछ उसले यो काक्रे विहार भनेको पाँच-पाण्डवको मन्दिर थियो भनेर सुनाइ रहेको देखिऊ यो देख्दा हामी निकै अचम्मित भयौ अनि ति पत्रकार भनाउदाहरु अनि राजधानीका शिक्षित शहरिया भनाउदाहरु त्यहि पालेको भनाइ सुन्न र टिप्पनमा नतमस्तक थिए जब कि त्यहाँ बुद्ध मुर्ति, धर्म चक्रहरु यत्र-तत्र छरिएर रहेको देख्न सकिन्छ यस्तो देखेर पनि ति पत्रकारहरु पाच-पाण्डव को मन्दिर भनेर लेखिरहेका थिए अनि म निकै अच्मित भए ति पत्रकारहरु जुन आफु लाई राष्ट्रको चौथो अंग भन्छन…!!! उहाहरुलाई मैले काक्रे विहारको बारेमा केहि बताएको थिए । अब उनिहरुले के लेखे कुन्नि त्यो मलाई थाहा भएन हिन्दु पाच पाण्डवको मन्दिर या बुद्ध विहार…..!
यस्तो कुरामा हामी स्वयं नेपाली पहिले सचेत हुनु जरुरि छ हिजो हिन्दु पण्डितहरु लुम्बिनीमा सप्ताह पुरण लगाउन छिरे भने भोलि उनिहरु महामाया देवी मन्दिर भित्रै पुरण लगाऊदैन भन्न सकिदैन  इतिहास साछी छ भारतको प्रशिद्ध केडारिक बुद्ध विहार हिन्दुहरुले अतिक्रमण गरेर अहिले हिन्दुको केदारनाथ बनेको छ इतिहास साछी छ । हिन्दुहरुले लुम्बिनीमा महामाया देवीको मन्दीरमा बनदेवी भनेर बलि पुजा गरिन्थ्यो फेरी हिन्दुहरु त्यहि चाहन्छन । त्यसैले त्यो हुन नदिन हामी सबै नेपाली सबै बुद्ध धर्मावलम्बीहरु सचेत हुनु जरुरि छ यस्ता कुराहरुबाट हामी सचेत भएउ भने पक्कै पनि कसैले हाम्रो बुद्ध जन्म भूमि लुम्बिनी लाई हस्तछेप गर्न सक्दैन !!
                                                                                          भिक्षु -नाम मगर
                                                                                           बैकोक, थाईलण्ड.

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %