चितवन (रत्ननगर), ११ कात्तिक
स्थानीयवासीको सक्रियतामा जिल्लामा डेङ्ग्यूविरुद्ध अभियान थालिएको छ । अभियानअन्तर्गत भरतपुरका विभिन्न भागमा चेतनामूलक घरदैलो कार्यक्रमका साथै सरसफाइमा ध्यान सर्वसाधारणलाई अनुरोध गरिएको छ । भरतपुर नगरपालिकाको र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा स्थानीय बासिन्दाको अगुवाइमा समिति गठन गरी अभियान थालेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राम केसीले बताए ।
यसैबीच, नवलपरासीको गैंडाकोट, कावासोती परासीबजारमा पनि डेङ्ग्यूविरुद्ध अभियान सञ्चालन भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ती स्थानमा एडिस एजिप्टाई नामक लामखुट्टे उन्मूलन गर्न औषधि छर्किएको छ । उक्त कार्यालयले सङ्क्रमणबाट बच्न चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
रासस
चितवनमा डेगुं बिरुद्ध जनचेतना अभियान
Read Time:1 Minute, 17 Second