हामी चुनाव हुन दिन्नौ – देव गुरुङ, स्थायी समिति सदस्य नेपाल कम्युनिष्ट पार्टी, माओवादी

Read Time:8 Minute, 31 Second

एनेकपा माओवादी किन दुई चिरा बन्यो ?
माओवादी विचारको संघर्षको कारणले फुटेको हो । कम्युनिष्ट पार्टी भनेको विचार बोक्ने पार्टी हो । विचारमा मतभेद भए पछि त्यही आधारमा संगठनको स्वरुप पनि बन्छ । विचारको कारणले माओवादी माक्र्सवाद लेलिनवाद् मान्ने भएकोले जनवादी क्रान्ति पूरा गर्नु उसको दायित्व हो ।
जनवादी क्रान्ति पूरा गर्नका लागि साम्राज्यवाद र सामन्तवाद अनि उपनिवेशवाद अर्ध उपनिवेशवादलाई पाखा लगाउनुपर्ने हुन्छ । राजतन्त्रको समाप्ति संगै त्यसको सुरुवात त भएको छ, तर अर्ध उपनिवेशीक विरुद्ध जान नसकेको मात्र होइन नव उपनिवेशीक चरणमा प्रवेश गरेको अवस्था छ ।
राजतन्त्रको अन्त्य पछि तिब्र रुपमा अर्ध उपनिवेशीक चरणमा देश प्रवेश गदै गइरहेको छ । देशको आर्थिक, सामाजिक, र साँस्कृतिक लगायत हरेक क्षेत्रमा भएको हस्तक्षेपको विरुद्ध राष्ट्रिय स्वाधिनताको आन्दोलन अगाडि बढाएर लैजानु पर्ने आवश्यकता थियो, तर त्यो रुपमा अगाडि बढ्नुको सट्टामा नव उपनिवेशीकता लाई र पुँजीवादलाई संरक्षण गर्ने काम पार्टीबाट भयो । कम्युनिष्ट पार्टी माओवादीको मुलभूत मान्यता विपरीत पार्टी गएकाले फरक प्रकारले संरचना बनाएर अगाडि बढ्ने निर्णय अनुरुप अलग पार्टी गठन भएको हो ।

संगै जनयुद्ध गरेका र पार्टीमा लामो योगदान गरे पनि पार्टीमा संगै मिलेर बस्न नसक्नुको कारण के हो ?
त्यस बेला राष्ट्रिय स्वाधिनताको मुद्धामा आत्म समर्पण भएको थिएन । त्यो बेलाको बहस र संघर्ष भनेको दुई लाइनको संघर्ष हो । कम्युनिष्ट पार्टीमा त्यस्ता बहस र मत भिन्नता भइनैरहन्छ । अहिले राष्ट्रिय आत्मसमर्पणवादी बनेर गद्धारीको दिशामा गएकाले पहिले र अहिले बीचको विवाद आकार र जमिन जतिको अन्तर छ । उद्दाहरणका लागि हिजो जनसत्ता कसरी निर्माण गर्ने बहस थियो । विना सर्त अहिले जनसत्तालाई विघटन गरियो ।
 दोस्रो, पहिले कसरी जनमुक्ति सेना निर्माण गर्ने भन्ने बहस थियो, तर अहिले कसरी विघटन र विर्सजन गर्ने भनेर नाङगो ढंगले आत्म समर्पण गरियो । त्यस्तै हिजो कसरी क्रान्तिकारी भूमिसुधार लागू गर्ने भन्ने थियो । अहिले त्यसलाई रद्ध गरि अगाडि बढियो । भुमिहीन र सुकुम्वासीहरुलाई उठिवास गराउने काम भएको छ । त्यस्तै संविधान निर्माणको चरणमा पनि त्यसका अन्तर बस्तु कसरी निर्माण गर्ने भनेर जनताको संविधान बनाउने भन्ने विषयमा बहस चलिरहेको बेला संविधानसभा एक दशक देखि माग उठाउँदै आएको पार्टीले अहिले संविधानसभालाई आफैले भंग गर्ने काम ग¥यो । त्यो निकै गम्भीर विषय थियो ।
 हिजो कसरी क्रान्तिकारी पार्टी बनाउने भन्ने मुख्य विषय थियो । अहिले क्रान्तिकारी पार्टीबाट कसरी विर्सजन हुने भन्ने दिशामा गयो । पद र प्रतिष्ठा अनि भष्ट्राचारका निम्ती जे पनि गर्ने दिशामा गयो । विकृतिको रुपमा कांग्रेस र एमालेलाई पनि माओवादीले उछिनेर गयो । यो चिन्तन प्रवृति कम्युनिष्ट पार्टी र माओवादी भन्दा फरक भएर विचलनमा पुगे पछि देशा पर्ने समस्या हो ।
 विं सं. २००६ साल देखि राष्ट्रियताको सन्र्दभमा कम्युनिष्टहरुको बीचमा कुनै पनि मतभेद थिएन । तर अहिले राष्ट्रियताको विरुद्ध विपा सम्झौता गरियो, जुन तत्कालिन राजा ज्ञानेन्द्रले समेत गरेका थिएनन् । जलस्रोतमा पनि बाबुरामले राष्ट्रघाती काम गरे । राष्ट्रिय स्वाधिनताको विरुद्ध र साम्राज्यवादको पक्षमा पार्टी गएकाले उनीहरु संग सहकार्य गर्नु जरुरी नै देखिएन ।  

अब पार्टी कसरी जान्छ , एजेण्डा के हुन्छ ?
पार्टीको कार्यदिशा छ । पालुङटार भेलाले तय गरेको पार्टीको एजेण्डा अनुरुप अब हामी अगाडि बढ्छौ ।  त्यो एजेण्डालाई प्रचण्डले लागू नगरेकाले त्यसलाई हामीले फलो गर्नुपर्ने हुन्छ ।
पहिले झै हतियार सहित राजनीति गर्ने हो कि ? तपाईहरु संग जनताहरु आशंकित छन् नि ?
यी झुटा प्रचार मात्र हुन् । सामन्तवाद र साम्राज्यवादीहरु आतंकित भएर पनि जनताहरु वास्तवमै आतंकित छैनन् ।

अब वास्तविक माओवादी कुन हुन्छ ?
माक्र्सवाद, लेलिनवाद र क्रान्तिलाई छोड्नेहरु माओवादी नै होइनन् । नाम माओवादी राख्दैमा कोही सच्चा रुपमा माओवादी हुदैन । जसले क्रान्तिलाई अगाडि बढाउँछ त्यो माओवादी हुन्छ । अरु बाटोमा हिड्ने माओवादी हुन सक्दैन । हामी साच्चै क्रान्तिकारी माओवादीको रुपमा जनता माझ चिनिने छौ ।

संस्थापन पक्षबाट तपाई तिर कति आउँछन् ? अरु पार्टीका लाई पनि पार्टीमा समावेश कसरी गराउने योजना छ ?
मुद्धा मिल्यो र सहकार्य गर्ने अवस्था रह्यो भने मात्र मोर्चाबन्दी हुन सक्छ । मिलेन भने त्यो हुनै सक्दैन ।
निर्वाचन घोषणा भैसकेको छ , निर्वाचनलाई मध्यनजर गरेर पनि केही नयाँ योजना अगाडि सार्नु हुन्छ कि ?
कानुनी र अरु हिसावले पनि अहिले निर्वाचन आवश्यक नभएकोले हामी निर्वाचनमा भाग मात्र नलिने होइन, यसलाई रद्ध गराउने दिशामा सम्पूर्ण रुपमा लागि पर्दछौ ।

देशको राजनीतिक निकास अब कसरी खोज्नु हुन्छ ?
चार दलका नेताहरु असफल भएकाले सबै राजनीतिक दलहरुको बीचमा सम्वाद र सहमति गरेर निकास निकाल्नु पर्छ भन्ने हाम्रोे मान्यता छ ।

अब संगठन कहिले देखि विस्तार गर्नु हुन्छ ?
आवश्यकता अनुरुप संगठन विस्तार गर्दै जाने छौ ।
तपाईहरुले अहिले पनि जनसंविधान र जनविद्रोह  भन्दै आउनु भएको छ  त्यो कडा लाइन अहिलेको सन्र्दभमा जनताले पचाउँलान् त?
कडा र नरमको विषय नै होइन । विज्ञान के हो भन्ने कुरा प्रमुख हुन्छ । कसले विज्ञानको सिद्धान्त र नियमलाई अपनाउने र त्यसलाई कसले नपक्रने भन्ने हो । सामन्तवाद र साम्राज्यवाद विरुद्ध शान्ति पूर्ण आन्दोलन कही पनि भएको छैन । ठूला परिर्वतन त विश्वमा महान क्रान्ति पछि मात्र भएका छन् । त्यो वैज्ञानिक र बस्तुगत तथ्यलाई विर्सन हुन्न । क्रान्तिमा कडा लाइन र नरम भन्ने नै हुन्न ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %