भाषा र धर्मको लागि तमू जनजागरण गरिने

Read Time:1 Minute, 36 Second

 देवदह कार्तिक १० 

तमु छोंज धि देबदह गाउँ ईकाई समिति देबदहको आज भएको बिशेष भेलाले राष्ट्रिय जन जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ । खेमा तमु छोंज धि देबदह को कार्यलय रुपन्देही को देबदहमा सम्पन्न भेलाले सो निर्णय गरेको हो । बिगतको राष्ट्रिय जनजागरणबाट आफुहरुको मातृ भाषा, धर्म तथा अन्य बिषय छुटेको हुनाले ति बिषयमा सहि तथ्याङ्क संकलन गर्न सो अभियान लाई तिब्रता दिने निर्णय गरिएको हो ।
भेला ले तमु ह््युल छोंज धि रुपन्देही  जिल्ला समिति को अबिधेशन का लागि प्रतिनिधि प्रर्यबेक्षक समेत चयन गरेको छ । यस्तै भेलाले गाउँ ईकाई समिति लाई पुर्णता दिन पर बहादुर तमु, ज्ञानसरी तमु र टौ माया तमु लाई समितिमा थप गरेको छ । ईकाई अध्यक्ष बेन प्रसाद तमु को अध्यक्षता, सचिब सुरेन्द्र तमु को संचालन र पान बहादुर तमु को स्वगतमा भएको भेलामा पुर्ब केन्द्रिय सचिब भिम तमु, आदिबासी जनजाती सञ्जाल देबदह का कोषाध्यक्ष टौ बहादुर तमु, धन बहादुर तमु, थमन तमु लगाएतले बोलेकाथिए ।

गोविन्द घर्ति
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %