१४ जुन २०१२ मा प्रकाशित यसबर्षको मानविकी संकाय ( Intermediate of Science in Humanities Stream ) तर्फको परिक्षामा ९८.७५ प्रतिशत अंक ल्याई उत्तरा थापा मगरले भारतमै प्रथम नंवर हासिल गरेकिछन् । दार्जिलिङकि थापा मगर असम भ्याली स्कूल भालिपारा आसामकि विद्यार्थी हुन् ।
उनले इतिहास र समाजशास्त्रमा १००– १०० नंबर हासिल गरेकिछन् । शैक्षिक रुपले पारिवारिक पृष्ठभूमी राम्रो भएकी थापा मगरकी बुवा स्वर्गिय नारायण थापा मगर रसायनशास्त्रका प्राध्यापक थिए ।