गोरखा जिल्लाको लिग लिग कोटको डाँडालाई शाह बंशको शुरुआतको रुपमा मात्रै नभई चेपे किनारबाट दौडेर राजा हुने लिग लिगेहरुको प्रथाले गर्दा पनि एक दमै ऐतिहासिक मानिन्छ । यसरी दौडेर मगरहरु राजा भएको हामी इतिहासमा पढ्न पाउछौं । यसै कुरालाई निरन्तरता दिदै लिग लिगकोटमा विगत ३ बर्षदिेखि ऐतिहासिक दौड शुरु गरीएको हुनाले लिग लिग बासीहरुको भेटघाटमा यसैको चर्चा चलेको थियो । ओएक फार्म कम्यूनिटी हलमा आयोजना गरीएको बार्षिक भेटघाट कार्यक्रम, अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता तथा खुशीमान गुरुङको प्रमुख आतिथ्यमा सचिब भोज बहादुर सारु मगरले सञ्चालन गरेका थिए भने यम बहादुर सारु मगरले स्वागत मन्तब्य दिएका थिए । मानध्वज राना मगर, भरत रोका तथा जय प्रकाश गुरुङ लगायतले लिग लिग र समाजको बारेमा बोलेका थिए । कार्यक्रममा लिग लिगबासीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । साठी बर्ष उमेर पुगेका बृद्ध बृद्धाहरुलाई सम्मान गरीएको थियो ।
अनिता राना मगर