जनमुक्तिले मगर संघमा राजनीति घुसाएको छैन-विरकट्टा

Read Time:6 Minute, 32 Second

नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको १९ औं जिल्ला अधिवेशनबाट भारी मतले विजय भएका दलबहादुर विरकट्टा मगर संघ राज्यसत्ता डटकम गोविन्द घर्तिले गरेको कुराकानी ।
 
मगर संघ जिल्ला समिति रुपन्देहीको अध्यक्ष जस्तो गरिमा पदमा निर्वाचित हुनु भएको छ कस्तो अनुभव भएको छ ?
आफनो हक र अधिकारबाट वन्चित भएको मगर जातीको उत्थान, समृद्धि र प्रगतिको लागि एउटा शसक्त नेतृत्व प्रदान गरेको जस्तो लाग्छ । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको १९ औ जिल्ला अधिवेशनले एउटा सशक्त टिमलाई अधिवेशनले छानेकोमा गर्वे महसुस हुनु स्वाभाविक हो ।

संघलाई अगाडि बढाउन यहाँसँग कस्ता योजना छन् ?
मगर संघ जिल्ला रुपन्देहीलाई अगाडि बढाउन हामीसंग विशेष गरेर दुइ किसिमको योजना छ । एउटा त आन्तरिक विषय वस्तुलाई सुढृत गर्दैै जाने र अर्को मगर जातीलाई कसरी अधिकार सम्पन्न गराउने भन्ने सवालमा यो समिति शसक्त रुपमा लाग्छ । मगर जातिको अधिकार ग्यारेन्टी गराउनका लागि संविधानमा मगरहरुको हक अधिकार घोषणा गराउने रहेको छ ।
मगर जातिले आफनो अधिकार संवैधानिक रुपमा प्राप्त गर्दैनन् तवसम्म मगर जातिको उत्थानको कुरा गर्नु दिवा सपना जस्तै हो । अर्को मगर जातीयमा रहेका विभिन्न विकृतिहरुलाई कसरीस् न्यूनिकरण गर्दै जाने भन्ने रहेको छ । रुपन्देही जिल्लाको हकमा हेर्दा धेरै कामहरु भएका छन् । अर्को कुरा बुटवल चौराहमा स्थापित गरिएको प्रथम सहिद क्या. लखन थापाको शालिक पर्ूण्ाकदको रुपमा रुपान्तरण गर्ने सोचमा रहेका छौं । त्यसै गरी नेपाल मगर संघको भवन अलपत्र अवस्थामा रहेको छ । त्यसलाई व्यवस्थित गर्ने रहेको छ । मगर संघ रुपन्देहीमा जुन मगर वीच द्धन्द्ध थियो अवका दिनमा त्यसलाई चिर्दै र समन्वय गर्दै अगाडि बढ्ने छौं ।

१९ औं जिल्ला अधिवेशनको निर्वाचनलाई एउटा सानो समूहले वहिष्कार गरेको अवस्थामा मगर संघलाई कसरी अगाडि बढाउनु हुन्छ ?
पहिलो कुरा त नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको जिल्ला अधिवेशनमा कुनै पनि पक्षले वहिष्कार गरेको छैन । किन कि वहिष्कार गर्नेले निर्वाचन प्रक्रियामा जानु भन्दा अगाडि वहिष्कार गर्ुन पर्दथ्यो । सम्पूर्ण पदका लागि सवैले उम्मेदवारी दिएका थिए र सवै पदमा निर्वाचन भएको छ । केही व्यक्तिले निर्वाचनमा आफू हार्ने पक्का भएपछि निर्वाचन बहिष्कार गरेको नाटक मात्र गरेको हो ।

नेपाल मगर संघको अधिवेशनमा राष्ट्रिय जनमुक्ति पार्टीले राजनीति घुसायो भनीएको छ नि ?
जसले मगर संघलाई भाड्न खोजेका छन् उनीहरुले लगाएको आरोप हो जस्तो लाग्छ मलाई । जसले मगर संघमा बसेर राजनीति गर्न खोजेका छन उनीहरुले यस्ता आरोप लगाउने गर्दछ । वास्तवमा राष्ट्रिय जनमुक्ति पार्टीले मगर संघको अधिवेशनमा कुनै पनि राजनीति खेल खेलेको छैन । हामी स्वतन्त्र रुपमा उम्मेदवारी दिई  निर्वाचित भएर आएका हौ । हामी कुनै पार्टी विशेषको प्यानल बनाएर निर्वाचन जितेको होइन । वरु नेपाल मगर संघले जातीय अधिकारको लागि मगरहरुलाई आफनो अधिकार सुनिश्चित गर्न राजनैतिक विषय वस्तु सिकाउछ । राजनीति गर्‍यो भनेर जसले भनेको छ उसले मगर संघमा राजनीति गर्न खोजेको जस्तो मैले बुझेको छु ।

अहिले संविधान सभा विघटन भएको अवस्था छ  यो अवस्थामा मगर संघले हक अधिकारको लागि चाल्ने कदम कस्तो हुन्छ ?
हो साच्चै संविधान सभा विघटन भएको छ यो अवस्थामा अधिकारबाट वन्चित भएका समुदायको लागि अत्यन्त दुखदायी र पिडादायी अवस्था हो । मगरहरुको आफना पहिचान र अधिकार सुनिश्चित गर्नका लागि एउटा शसक्त आन्दोलनको खाचो छ । त्यो आन्दोलन हाक्न नेपाल मगर संघ जिल्ला समिति रुपन्देही तयार छ । आगामी दिनमा सवै मगरहरु जसले आफनो अधिकारको वारेमा जानकारी प्राप्त गर्न सकेका छैनन् वहाहरुलाई अधिकारको वारेमा सचेत गराउदै अव वन्ने संविधान सभामा धेरै भन्दा धेरै मगरहरुलाई जिताएर मगरहरुको हक र अधिकार सुनिश्चित गर्न मगर संघ अगाडि बढ्छ । यो कुरा नेपाल मगर संघ केन्द्रीय समितिलाई दवाव दिने छ यदि केन्द्रीय समितिले गर्न नचाहेमा नेपाल मगर संघ रुपन्देहीले नेतृत्व गर्ने छ ।
 
अन्तमा केही भन्नु हुन्छ ?  
राजनैतिक, आर्थिक रुपमा राज्यको कानुन द्धारा वन्चित गराएको छ ति समुदायहरुलाई सचेत भएर आगामी दिनमा वन्ने कानुनमा आफना अधिकारका लागि शसक्त भएर लाग्न आग्रह गर्दछु । आफनो हक र अधिकारको लागि आफै सचेत भएर नलाग्दा सम्म कसैले नदिने भएकाले सवै मगरहरु एक जुट भएर अगाडि बढ्न अनुरोध गर्दछु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %