जेठ १४ पछि देश अनपेक्षित रुपमा शान्त बनेको छ यो किन ?
संविधानभाबाट संविधान बनाउन दवाव दिन र त्यो संविधानमा आफ्ना मुद्धा समावेश गराउनका लागि मधेशवादी दलहरु लगायत अन्य शक्तिले जेठ १४ अगाडिसम्म आन्दोलन जारी राखेका थिए । संविधानसभा विघटन भएको अवस्थामा सबै शक्तिको आन्दोलन अहिले रोकिएको छ । अबको आन्दोलन संविधान कसले बनाउने र कहिले बनाउने भन्नेमा केन्द्रित रहने छ । अहिले देश अनपेक्षित रुपमा शान्त भने पनि यो भ्याकुम हो । यसलाई ठूलो आधी आउनु पूर्व संकेतका रुपमा बुझ्नु पर्छ ।
फोरमले कस्तो खालको आन्दोलनको तयारी गरिरहेको छ ?
संविधान प्राप्तिको लागि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने तयारी गरिरहेको छ । अगामी असार महिना देखि हामी आन्दोलन सुरु गर्ने तयारीमा छौ ।
संविधानसभाको निर्वाचनलाई फोरमले कुन रुपमा लिएको छ ?
संवैधानिक रुपमा निर्वाचनमा जान पनि थुप्रै खालका समस्या हाम्रा सामु छन् । पहिले सहमतिको सरकार बनाएर निर्वाचन गर्नका लागि खडा भएका जटिलता हटाउनु पर्छ ।
संविधासभा विघटन सुनियोजित रुपमा भएको भनिन्छ नि । कसो किन भनिएको हो ?
संविधानसभा विघटन हुनुमा कांग्रेस, एमाले र माओवादी लगायतका ठूला शक्ति दोषी छन् । बाह्य शक्तिले ठूला दलहरुलाई प्रयोग गरि सुनियोजित रुपले संविधानसभा विघटन गराइएको हो ।
अबको संविधानसभामा एक मधेश एक प्रदेशको माग उठ्छ कि उठ्दैन ?
यो मुद्धालाई हामीले छाड्दैनौ । एक मधेश एक प्रदेशको मुद्धामा हामी जस्तो सुकै मूल्य चुकाउन पनि पछि पर्नेछैनौ ।
नेपालमा अब संघीयता कार्यान्वयन गर्न कत्तिको चुनौति देख्नु हुन्छ ?
राजनीतिक दलहरु संघीयतालाई समस्या देखिरहेका छन् । संघीयतालाई समस्या देख्नु नै समस्या बनेको छ । संघीयता जसरी पनि अगाडि बढ्छ । संघीयता विना देशको संवृद्धिको परिकल्पना गर्न सकिन्न । मुलुकमा संघीय गणतन्त्र जसरी पनि कार्यान्वयन गर्नु पर्छ । तब मात्र नेपालीहरु संवृद्ध र सवल बन्न सक्छन् ।
मधेशवादी मोर्चा अहिले दुई धारमा देखिन्छ नि किन ?
प्रचण्ड र बाबुरामका मानिस मात्र बाहिर निस्केका हुन् । वास्तवमा मधेशी मोर्चा एउटै छ ।