धनबहादुर थनेतमाथि गोली हान्नेलाई बर्खास्त गर

Read Time:3 Minute, 45 Second

प्रेस बिज्ञप्ती

 

एकात्मकबादबाट माथि उठी सबै बर्ग, भाषा भाषी र धर्मावलम्बीहरूको समान अधिकारको लागि प्रजातान्त्रिक मुल्य र मान्यता अनुसार शान्ति पुर्बक आन्दोलन गर्दा हिजोको निरंकुश शासकहरूले जस्तै आदिवासी जनजाति आन्दोलनका महान योद्धा धनबहादुर थनेत थारु माथि गोली ठोकी सक्त घाइते बनाइएको थियो र हिजो मंगलवार राती वहाँको निधन हुन पुग्यो । वहाँ लगायत नेपाल प्रहरी कै गोलीले आन्दोलनकारीहरू माथि यसरी निर्ममता पुर्ण तरिकाले गम्भीर घाइते बनाइएका महेन्द्र आलेमगर, विशाल चौधरी थारु र तारा थनैत थारु अहिले सम्म अस्पतालमा उपचार मै हुनु हुन्छ ।

 

प्रजातान्त्रिक पद्धती र ब्यबस्था भएको मुलुकमा अधिकारको लागि शान्ति पूर्ण तरिकाले आन्दोलन गर्दा यसरी सरकार पक्षबाट नै हिंसात्मक तरिकाले बन्दुक तेर्स्याइ आदिवासी जनजाति आदोलनकारीहरूको निर्ममता पुर्बक हत्या गरिन्छ भने हामी मुलुकको डेढ करोड आदिवासी जनजातिहरूले पनि हाम्रो अधिकार प्राप्तीको लागि भोलिका दिनहरुमा जस्तो किसिमको कडम चाल्न यो घटनाले प्रेरित गरेको र वाध्य पारिएको छ । यो दुखद घटना प्रति हामी विश्वको बिभिन्न राष्ट्रमा रहने लाखौं नेपाली आदिवासी जनजातिहरूले अती नै दु:ख ब्यक्त गरेका छौ र सरकारको यो हिंसात्मक व्यबहार प्रति घोर आपत्ति, निन्दा र खेद प्रकट गर्दछौ ।

 

स्व. धनबहादुर थनेत थारुको मृत आत्माको चिर शान्तिको कामना गर्दै वहाँको परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौ । साथै आदिवासी जनजाति आन्दोलनमा प्रहरीको गोली लागि सक्त घाइते भै उपचारार्थ आदिवासी जनजाति आन्दोलन का महान योद्धाहरूको सिघ्र स्वास्थ्यको कामना गर्दछौ ।

 

यसै बिज्ञप्ती मार्फत यो पनि अबगत गर्दछौ की स्व. धनबहादुर थनेत थारु लगायत अन्य घाइते आन्दोलनकारीहरू माथि गोली ठोक्न आदेश दिने ब्यक्ति र स्वयम गोली ठोक्ने ब्यक्तिलाई सरकारले अबिलम्ब बर्खास्त गरिनु पर्ने, स्व. धनबहादुर थनेत थारुलाई सहिद घोषणा गरिनु पर्ने, वहाँको दुई बाल बच्चाहरूलाई कम्तीमा स्नातक तह सम्म निशुल्क अध्ययन अध्यापन गराउनु पर्ने र वहाँको परिवारलाई क्षति पुर्ती बापत राहत रकम उपलब्ध गरिनु पर्ने हामी विश्वको १५ राष्ट्रहरुमा कृयाशिल नेपाल आदिवासी जनजाति महासंघको संयुक्त रुपमा गठित अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिले जोडदारका साथ यी मागहरू राखेका छौ ।

 

हुम सुनारी मगर

संयोजक,

अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समिति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %