काँग्रेस र माओवादीका कारण गतिरोध लम्बियो : गुरुङ

Read Time:1 Minute, 45 Second

लमजुङ, १० कात्तिक 

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सभासद् पृथ्वीसुब्बा गुरुङले काँग्रेस र माओवादीका कारण वर्तमान राजनीतिक गतिरोध लम्बिएको बताएकाछन् ।

विजयादशमी तथा दिपावलीको अवसरमा आज नेकपा एमाले जिल्ला कमिटी लमजुङले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गुरुङले काँग्रेसले माओवादीलाई एक्ल्याएर अगाडि बढ्न चाहेको र माओवादीले ढोङ्गी कुरा गरी छलकपटको राजनीति गरेकाले अहिलेको गतिरोध लम्बिएको आरोप लगाए  ।

उनले एमालेले गणतन्त्रवादीको मोर्चा बनाएर बढ्न चाहेको र सोही मोर्चाबाटै संविधान बनाउने प्रयासमा रहेको बताए  ।  

पूर्वमन्त्रीसमेत रहेका गुरुङले प्रधानमन्त्रीको चुनावमा काँग्रेसले मेरो गोरुको बाह्रै टक्का भन्ने हठ त्यागे समस्याको समाधान हुने बताए  ।

उनले माओवादीले हतियार नत्याग्दा र सेना समायोजन नहुँदासम्म उसको नेतृत्वमा सरकार बन्न नसक्ने एमालेको प्रष्ट विचार हुँदाहुँदै पनि एमाले र माओवादीको पछिल्लो सहमतिमा काँग्रेस तर्सनुपर्ने कुनै आधार नभएको बताए ।  

उनले एमाले र माओवादीको पछिल्लो सहमतिमा माओवादी नेतृत्वमा सरकार बनाउने बुँदा नरहेको पनि बताए । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %