जनकपुरमा अनिश्चितकालिन यातायात बन्द

Read Time:1 Minute, 10 Second

जनकपुरधाम, १० कात्तिक । जनकपुर अञ्चल बस व्यवसायी सङ्घले अनिश्चितकालका लागि यातायात बन्द गरेको छ ।

बन्दका कारण जनकपुर–जलेश्वर, जनकपुर–जटही, जनकपुर–ढल्केवरलगायतका सडकखण्डमा चल्ने भाडा तथा यात्रुबाहक बस चल्न सकेका छ्रैनन् ।

ना२प ४०३७ नम्बरको गाडीका चालक सतिराम मिश्रलाई निर्घात कुटपिट गर्नेमाथि कारबाही नगरिएको भन्दै सङ्घले यातायात बन्द गराएका हुन् ।

यातायात बन्द भएपछि लामो दूरीका सवारीसाधनहरु पनि सञ्चालन नभएका कारण यात्रुहरु अलपत्र परेका छन् ।

सङ्घका अध्यक्ष तेजनारायण चौधरीले सङ्घका मागलाई प्रशासनले गम्भीरतापूर्वक नलिएका कारण यतायात बन्द गर्नुपरेको बताए ।

उनले भोलिसम्म यस सम्बन्धमा प्रशासनद्वारा कुनै पहल नगरिए ढल्केवर सडकखण्डमा समेत यातायात बन्द गरिने चेतावनी दिए ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %