आदिवासी जनजाति संयुक्त संर्घष समितिले संबिधानसभा घेराउ गरेका छन् । जेठ १३ गतेबाट उनीहरुले संबिधानसभाको सबै नाकाबाट घेराउन शुरु गरेका हुन । 
संविधानसभाको वैठकमा गएका सभासदहरुलाई पहिचानमा आधारित संघीयता निर्माण गरेर मात्रै बाहिर निस्कन दिने लक्ष्यले घेराउ शुरु गरिएको संर्घष्ा समितिका संयोजक परशुराम तामाङले जानकारी दिए । 
आफूहरुको अधिकार सुनिश्चित भएको संविधान नबने यो घेराउमा लागेको जुलुले संविधान जलाउने र अधिकार सहितको संबिधान आए विजय जुलुस मनाउने तामाङले राज्यसत्ता डटकमलाई जानकारी दिए । 
तीन दिने सफल बन्द आयोजना गरेका जनजातिहरुले विभिन्न नाकामा जाति जातिलाई जिम्मेवारी दिएर घेराउन गरेका हुन ।
संविधानसभा घेराउ गर्ने स्थानहरुः
 संविधानसभाको उत्तर पट्टी ( सिठ्ठी जुलुस बसेको स्थान) देखि पुरानो बानेश्वर
 चोकसम्म शेर्पा स्वायत्त प्रदेश कार्यान्वयन संर्घष समिति, लामा भोटे स्वायत्त
 कार्यान्वयन संर्घष समिति र हिमाली क्षेत्रका सबै आदिवासी जनजातिका जातिय
 संगठनहरु
 मिन भवन ट्रली बसको चोक ः तामसलिङ, किराँत र लिम्बुवान स्वायत्त प्रदेश
 कार्यान्वयन संर्घष समिति र पहाडी क्षेत्रका आदिवासी जनजातिका जातिय संगठनहरु
 कृष्ण टावर अगाडी नेवाः तमुवान र मगरात स्वायत्त प्रदेश कार्यान्वयन संघर्ष
 समिति र पहाडका आदिवासी जनजातिका जातिय संगठनहरु
 शंखमूल तर्फको बाटोमा, थरुहट, वल्लो किराँत स्वायत्त प्रदेश कार्यान्वयन
 संर्घष समिति, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, अल्पसंख्या सिमान्तकृत
 आदिवासी जनजाति सञ्जाल र तराई र भित्री तराईका आदिवासी जनजातिको जातिय
 संगठनहरु
तिलिसरा राना गाहा
