२० मे हंगकंग, पार्क भिउमा किरात सुनुवार समाजद्धारा आयोजित उभौली ष्यादर कार्यक्रममा पानीको प्रभाह नगरी सुनुवारहरु उपस्थित भएका थिए । जब भूमि पूजा गरेर झ्याम्टा बज्यो त्यसपछि दरकी रहेको पानी बसेको थियो । आदिवासी जनजाति महासंघका अध्यक्ष एम वि थापा मगरको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष नरेश सुनुबारको अध्यक्षतामा, सहसचिब सृष्टि सुनुवारको सञ्चालन रहेको थियो । अन्य अतिथिहरुमा समाजकै बाजे बुद्धिमान सुनुवार, नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर लगाएत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनितिहरुको उपस्थिथि रहेको थियो ।
तुलसी थापा मगर