नेपाल आदिवासी जनजाति महासंघ बेलायत
१८ मे २०१२ स्यान्ढस्थ, बेलायत
‘संपूर्ण नेपाली आदिवासी जनजातीहरुको एउटै चाहना ! आत्मनिर्णयको अधिकार, जातिय पहिचान, स्वायत्तत्ता, धर्मनिरपक्षता र जातिय जनसंख्याको अधारमा समानुपातिक प्रतीनिधित्त्वो सहितको संघिय राज्यको स्थापना !’ भन्ने मूल नारा सहित एहि अगामी २६ मे शनिबार का दिन बेलायतको दक्षिणी भेगमा अवस्थित आशफोर्ड शाहरको इन्टर नेशनल हाउश TN23 1HU केन्ट मा सम्पन्न हुन गैरहेको नेपाल आदिवासी जनजाती माहासंघ बेलायतको प्रथम राषट्रिय माहाधिबेशनमा सहभागिभै सो महाधिबेशनलाई सफल गराउनुहुन संबन्धित संपूर्णमा हार्दिक अपिल गर्दै नेपाल आदिवासी जनजाती महासंघ बेलायतले ऊक्त महधिबेशनको लागी प्रतेक सदस्य संगठनबाट ५ / ५ जना प्रतीनिधीहरु र प्रबेक्षकहरु सहभागी हुनपर्ने बेहोराको पनि जानाकारी गराइएको छ ।
जनसंख्या तथा सदस्य संख्याको आधारमा बेलायतमा भएका नेपालिहरुको संघसंस्थाहरु मध्य सबैभन्दा शक्तिशाली संस्था नेपाल आदिवासी जनजाती महासंघ हो ।
यस महासंघको स्थापना २९ मार्च २००९ मा भएको थियो ।यो अवधिमा महासंघले बिभिन्न गतिबिधिहरु लगाएत संबिधान सुझाव्, बेलायतको गत जनगणनामा नेपालीहरुलाई नेपालिज एथ्निक माइनोरिटिमा दर्ता गराउने पहल्, महासंघ बेलायतको बिधान पारित आदी कार्य हरु सफलतापूर्बक संपन्न गरिसकेको छ । बहुसंख्यामा रहेका आदिवसी जनजाती तथा गोर्खा लाई ऊनिहरुले ब्रीटेनलाई बिगत २०० बर्ष देखी निरन्तर गर्दै आएको सहयोगको कदर गर्दै बेलायती रहादानी दिने ब्यवस्था गरेता पनि सो लिने बित्तिकै नेपाली रहादानी सोतह खरेज हुने नेपालको नियम भएकाले सो नियमलाई सच्याइ उनिहरु दुवै देशको सहमतिमा आएकाले उनिहरु र उनिहरुका परिवार्ले समेत दुवै देशको राहादानी राख्न पाउने र सोइक्षाले बिना भिसा एता ऊता गर्न पाउने ब्यावस्था दुवै देशको रोहबर मा यथासिघ्र गरिनु पर्छ भन्ने मुद्धा लाई पनि जोड्तोड्का साथ बढाउने पहल भैरहेको छ ।एसै बिच महासंघले नेपालको बर्तमान मुठ्भेद को राजनीति प्रती गम्भिर ध्यानाकार्षण गर्दै एक छुट्टै प्रेस बिज्ञप्ती मार्फत सदियौ देखी दमन,उत्पिडन मा पारिएका आदिवासी जनजाती हरुले संबिधानमा आफ्नो हक अधिकार सुनिस्चित गरियोश भन्ने जायज माग राख्दै गरिएका शान्ती पुर्ण आन्दोलन प्रती राज्यका प्रहरी प्रशाशन र नेपाली काङ्रेश ,एमाले ,लगायात अन्य जातिबादी पार्टी र संगठन्हरुले समेत गरिरहेका बिरोधपूर्ण, बिध्वोङ्स्कारी प्रतिबाद, धर्पकड आग्जनी र गोली हान्ने जस्ता जघन्य अपराध्को नेपाल आदिवसी जनजाती महासंघ बेलायत ले घोर निन्दा र भ्रत्शना गर्दै संपूर्ण नेपालीमा यस्बेला संयम शान्ती र सद्भाव नखल्बल्याइ सर्बमान्ने संबिधान लेख्न एक्जुट हुन आग्रह गर्दछ ।
आफ्नो माग राख्न पाउनु मानव आधिकार हो जस्को बिरोध तैपनी अति बिध्वंसपूर्ण हुनू आत्यान्तै दुखद हो भन्ने कुरामा एकमत हुँदै गत शनिबार अल्डर्सट्को भेट्घाट रेटुरेण्ट्मा बसेको महासंघको बैठकले नेपाल्मा आदिवासी जनजाती हरुले गरिरहेको जाएज तथा शान्तिपूर्ण माग प्रती एक्यबद्धता जनाउने निर्णय पनि गरेको छ ।
थर्क राना मगर
अध्यक्ष