जातीय पहिचान सहितको संघीय प्रदेश निर्माण र वाहुन क्षेत्रीलाई आदिवासी मान्ने निर्णयको विरुद्ध शान्तिपूर्ण आन्दोलन उत्रेका जनजातिमाथि प्रहरीले गोली चलाएको छ । जेठ ७ गते साँझ ललितपुरको सातदोबाटोमा प्रहरीले गोली हानेको हो ।
गोली लागेर सरोज सिँह नेवार लगायतका जनजातिहरु घाइते भएका छन् । उनीहरुको वि एण्ड वि अस्पतालमा उपचार भईरहेको नेपाल आदिवासी जनजाति महासघका महासचिव आङकाजी शेर्पाले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्देशन दिएपछि प्रहरी दिउँसै गोली चलाउने मानसिकतामा पुगेको थियो । भट्टराईले जनजातिको बन्द विथोल्न तोडफोड भएको सवारी साधनको क्षतिपूर्ति दिने समेत घोषणा गरेका थिए ।
राज्यसत्ता सहकर्मी एस लिम्बुले दिएको जानकारी अनुसार जेठ ७ गते राती साढे आठ बजे यो समाचार तयार पार्दासम्म सातदोबाटो ग्वार्को कोटेश्वर क्षेत्रको स्थिति तनावग्रस्त छ । त्यस क्षेत्रमा नेवार, तामाङ र लिम्बु समुदायका प्रर्दशनकारी आन्दोलनमा उत्रेका छन् ।
सम्बन्धित समाचार
जनजातिको शान्तिपूर्ण बन्दमा प्रहरी हस्तक्षेप
जनजाति महासंघका महासचिवलाई पत्रकारबाट जोगाउन प्रहरी गुहार्नु पर्यो
जनजातिको बन्दमा व्यापक जनसर्मथन पाएपछि प्रधानमन्त्री भट्टराई आगो
पत्रकारलाई मार्छु भनेको रहेछु भने प्रतिशब्द ५ लाख तिर्छु-महासचिव शेर्पा (घट्नाको भिडियो सहित)
यसरी बगिरहेको छ जनजातिको रगत (फोटो फिचर)
थारु र मगरमाथि ताकीताकी गोली प्रहार (नवलपरासी घट्ना)