राज्यसत्ता डट कमद्धारा अन्र्तरक्रिया: हंगकंगबासी महिलाहरु जातिय पहिचान सहित संघियताको पक्षमा

Read Time:2 Minute, 20 Second

हंगकंग २० मे, हंगकंगको संघ सस्थाहरुमा आबद्ध भई नेतृत्व गरीरहेका महिला नेतृहरुले नेपालमा जातिय पहिचानको आधारमा राज्य पुन:संरचना हुनु पर्ने धारणा ब्यक्त गरेका छन । राज्यसत्ता डट कमले मगर संघ हंगकगको प्रायोजनमा संघको कार्यालय हलमा अन्र्तरक्रिया कार्यक्रम गरेको थियो । जसमा मगर संघ हंगकंगको तर्फबाट अध्यक्ष चन्द्र ज्योति आले मगर, मगर महिला संघ हंगकंगकी पूर्व अध्यक्ष मन्धरी आले मगर, किरात याक्थुङ चुम्लुङको तर्फबाट कल्पना तुम्रोक, तमाङ धेदुङको तर्फबाट उपाध्यक्ष सरस्वती घिसिङ तमाङ, तमु ट्यो ह्यूलको तर्फबाट कोषाध्यक्ष टिका देबी गुरुङ, किरात राई यायोख्खाको तर्फबाट लिला राई, सुनुवार समाजको तर्फबाट सहसचिब सृस्टी सुनुवार चोमोलोङमा मल्टीपल कल्चरल सेन्टरका इच्छा कुमारी गुरुङ, नमो बुद्ध आमा समूहको तर्फवाट पदम कुमारी गुरुङ, शेर्पा समाजको तर्फवाट श्रीस्टी शेर्पा, थकाली समाजको तर्फबाट उषा तुलाचन, हंगकंग डोमेष्टिक यूनियनको तर्फवबाट चुनी थापा मगर, लाङघाली कल्याण समाजको तर्फवाट सचिब गायत्री थापा, मोना हंगकंगको तर्फबाट उपाध्यक्ष दीना पुन मगर र मिस नेपाल हंगकंगको तर्फवाट सेरेन पुन मगरलाई निमन्त्रण गरीएको थियो । राज्यसत्ता डट कमका बोध विक्रम थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए । हंगकंगमा भिडियोग्राफिमा विशेष चर्चा कमाएका श्याम सुन्दर थापा मगर र टिमले भिडियो खिच्न विशेष सहयोग गरेको हुनाले यो छलफल कार्यक्रम राज्यसत्ता डट कममा छिट्टै भिडियो पनि हेर्न सकिने छ ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %