सशस्त्र समूहलाई सघाएको आरोपमा गाविस सचिव पक्राउ

 

 नेपालगन्ज ९ कात्तिक

सशस्त्र समूहलाई सघाएको आरोपमा प्रहरीले बाँके इन्द्रपुर गाविसका सचिव लल्लुराम पाण्डेलाई पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका जनतान्त्रिक तराई मधेस पार्टीका पश्चिम कमान्ड इन्चार्ज मेराज साईको बयानको आधारमा पाण्डेलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेशविक्रम शाहले जानकारी दिए । केही दिन पहिले नेपालगन्जमा दुई बालकको अपहरणपछि हत्यामा संलग्न साई पक्राउ परेपछि अनुसन्धानको क्रममा सचिव पाण्डेको संलग्नता रहेको पाइएको उनले बताए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %