राष्ट्रपति चीन उडे

Read Time:2 Minute, 16 Second

    काठमाडौँ ९ कात्तिक
 राष्ट्रपति डा. रामवरण यादव जनवादी गणतन्त्र चीनको साताव्यापी मैत्रीपूर्ण सद्भावना भ्रमणका क्रममा आज बिहान त्यसतर्फ लागेकाछन्  । यही कात्तिक १४ गते आइतबार चीनको साङ्घाईमा आयोजित साङ्घाई एक्स्पो–२०१० समापन समारोहमा सरिक हुने सिलसिलामा राष्ट्रपति डा यादव चीन प्रस्थान गरेकाहुन् ।
    
राष्ट्रपति डा. यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री माधवकुमार नेपालले विदाइ  गरे। यसैगरी, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, रक्षामन्त्री विद्यादेवी भण्डारी, संवैधानिक अङ्गका प्रमुखले पनि विदाइ  गरे ।

    राष्ट्रपतिको भ्रमणका बारेमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्टले सद्भावना भ्रमण भएकाले द्धिपक्षीय सौहार्दता र आपसी हितका विषयमा भ्रमण केन्द्रीत हुने बताए ।     

    राष्ट्रपति डा यादवले कात्तिक १४ गते चिनियाँ प्रधानमन्त्री वेन जिया–बाओसँग मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम छ । भ्रमणदलमा राष्ट्रपति डा यादवकी सुपुत्री अनिता यादव, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारी, राष्ट्रपतिका सल्लाहकारद्धय डा सूर्यप्रसाद शर्मा ढुङ्गेल र हरि शर्मा, राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, परराष्ट्रसचिव डा मदनकुमार भट्टराईलगायत उच्च सरकारी अधिकृत तथा पत्रकार संलग्न छन् ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %