जेठ १६ गते दशौं तेिजङ-हिलारी एभरेष्ट म्याराथन दौड हुने भएको छ । सगरमाथा दिवसको अवसरमा आयोजना गरिने दौडमा समुद्र सतहबाट पाँच हजार ३६४ मिटरको उचाइमा अवस्थित सगरमाथा आधार शिविरबाट सो म्याराथन प्रारम्भ भइ नाम्चेबजारमा समाप्त हुनेछ ।
४२.९ किलोमिटरको दौडमा विभिन्न देशका १६० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिका, बेलायत, दक्षिण अपि्रुका, पोल्याण्ड, नर्वे, न्युजील्याण्ड, नेदरल्याण्ड, इटाली, भारत, हङकङ, जर्मनी, क्यानाडा, अष्ट्रिया र अष्ट्रेलियाले म्याराथनमा सहभागिताको सुनिश्चितता गरेका छन् । एभरेष्ट म्याराथन प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको सम्मानमा आयोजना गरिएको हो ।