हाम्रो आस्थाको निसानी मगर संघको झण्डा हेर्दाहेर्दै खरानी पारे-महासचिव, मगर संघ

Read Time:5 Minute, 34 Second

राष्ट्रिय एकता र जातीय सदभाव कायम राख्दै समृद्ध नेपाल स्थापनाका लागि पहिचान सहितको संघीयताका लागि आन्दोलित शान्ति पूर्ण जुलुसमा दमन गरेर वाहुन प्रहरीहरुले  सम्पूर्ण मगरहरुको छाता संगठन नेपाल मगर संघको खुर्पेटो सहितको झण्डा जलाई दिएका छन् । अर्को तिर जनजातिहरुको पहिचानलाई नामेट पार्ने गरी ११ प्रदेशको कथाकथित सहमति भएको हल्ला चलाइएको छ । यिनै विषयको सेरोफेरोमा रहेर राज्यसत्ता डटकमले नेपाल मगर संघका महासचिव नविन रोका मगरसँग भलाकुसारी गरेको छ । प्रस्तुत छ युवा अधिकारकर्मी रोकासँगको कुराकानीको सम्पादित अंश

मगर संघ यतिबेला आन्दोलनमा किन गएको हो  ?
तीन दलीय सहमतिको नाउँमा ११ प्रदेशको प्रस्ताव आएपछि आन्दोलन गर्नुको विकल्प रहेन । नाम विनाको प्रदेश संसारमा कहीँ पनि छैन । यसलाई तत्काल खारेज गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

प्रदेश कसरी बनाउने त ?
पहिचानलाई प्रमुख आधार मानेर प्रदेश बन्नुपर्दछ । स्वायत्तता सहितको मगरात स्थापना हाम्रो माग हो ।

स्वायत्त मगरात भएन भने के गर्नुहुन्छ  ?
नेपाल मगर संघले यो भन्दा कडा र सशक्त आन्दोलन गर्छ ।  नेपाल बन्द र मगरात बन्दको तयारी गरिरहेका छौं । जेठ १४ गते अघि नै मगरहरुले आन्दोलन गरेर देखाउने छ ।

दिनदिनैको बन्दले जनता वाक्क दिक्क भईरहेको बेला अझै आन्दोलन  ?
यो मगर र सबै जनजातिको बाध्यता हो । आन्दोलन हाम्रो रहर होइन । समता मुलुक नेपाल स्थापना र अधिकारका लागि गर्न लागेको हाम्रो आन्दोलनामा नेपाली जनताको समर्थन रहन्छ भन्नेमा विश्वस्त छौं ।

 

 

तँपाईहरुकै सिको गरेर शासक जाती पनि यतिबेला सडकमा पुगेको छ ?
बन्द हामीले सिकाएको होइन । जनजातिलाई सिकाइएको हो । अर्को महत्वपूर्ण कुरा वाहुन क्षेत्रीले आदिवासी जनजाति दलित मधेशी र कर्णालीवासीलाई अधिकार दिनुहुँदैन भनेर आन्दोलन गरेका हुन । तर हामीले राज्यद्वारा पिछड्याइएका समुदायलाई अधिकार दिनुपर्छ भनेर आन्दोलन गरेका हौं । यहाँसम्मकी मगरको माग पुरा हुनु भनेको वाहुन क्षेत्रीको पनि अधिकार नखोसिनु हो ।

एउटा जातीय संस्थाले राजनीतिक माग बोकेर आन्दोलन गर्न मिल्छ ?
ठूला दलहरुले हाम्रो मागलाई सम्बोधन गरेको भए नेपाल मगर संघ सामाजिक भाषिक र सांस्कृतिक जागरणमै रमाउने थियो । अर्को कुरा मगरको सर्वाङ्गीण विकास गर्ने उद्देश्य भएको संस्थाले राजनीतिक अधिकारको माग राख्नै नपाउने पनि त होइन । 

यहाँले प्रेस विज्ञप्तिमा(नेपाल मगर संघको प्रेस बिज्ञप्ति: पहिचान सहितको संघियता नभए जनविद्रोह हुनेमगर संघको झण्डा जलाइएको कुरा उल्लेख गर्नुभएको थियो । वास्तविकता के हो  ?

राष्ट्रिय अखण्डता र जातीय सदभाव कायम गराउन मगरात प्रदेशको स्थापना तथा नाम विनाका ११ प्रदेशको विरुद्धमा सिठी जुलुस गर्ने क्रममा जेठ ३ गते प्रहरीले मगर सहितको जनजातिमाथि धरपकड गर्यो । यसक्रममा संघका सचिव माधव दर्लामी मगर लगायत सयौं जनजातिहरुलाई घाइते बनाइयो । त्यहिक्रममा प्रहरीले नियोजित रुपमा संघको झण्डा जलाए । मगरको साझा आस्थाको प्रतिक खुर्पेटो सहितको झण्डा जलाइयो । यो विषयमा सरकार र प्रमुख दलले माफी माग्नु पर्दछ । नत्र अकल्पनीय आन्दोलन गर्नेछौं । त्यसको जिम्मेवारी सरकार र ती दलहरुले नै लिनुपर्दछ ।

पोखरामा नेपालका प्रथम सहिदको शालिक तोडफोडको प्रयास भयो । यहाँहरु चुप लागेर बस्नु भएको छ  ?
मान्छेलाई टोक्यो भन्दैमा कुकुरलाई टोक्न जान मिल्दैन । कुकुर टोक्ने मगरको स्वभाव पनि होइन । तर यसको मतलब हामी चुप लागेको भन्ने होइन । प्रथम सहिदकै शालिक फोड्नु वा थारुको संग्राहलय जलाउनुबाटै वाहुन क्षेत्रीको आन्दोलन केका लागि हो भन्ने प्रष्ट छ । उनीहरु आदिवासी जनजाति दलित मधेशी र महिलालाई  अधिकार नदिनका लागि आन्दोलनमा आएका हुन भन्ने प्रमाण हो यो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %