संयुक्त राष्ट्र संघ आदिवासी जनजाती सम्बन्धि संस्थाको बैठक: नेपाली आदिवासी जनजाती कलाकारद्वारा कला प्रदर्शन

Read Time:3 Minute, 36 Second

इन्दिरा चोंग्बंग 
१४ मे संयुक्त राष्ट्र संघ आदिवासी जनजाती सम्बन्धि मुद्धा हेर्ने संस्था स्थायी मंचको ११ औ बैठकको अवसरमा आयोजित आदिवासी जनजाती आवाज ” अ कल्चरल इभेन्ट  एक्जिबेसन ओपनिंग एण्ड  रिसेप्सन इन्डीजिनियस पिपल्स एण्ड फूड सोबेरेइटी ” सास्कृतिक कार्यक्रममा नेपाली आदिवासी जनजाती कलाकारहरुले कला प्रदर्शन गरेको छ /  कार्यक्रमको आयोजना Un Department of Public Information, Tribal Foundation, NGo Committee on the International Decad of the World’s Indigenous People, and the Secretariat of UN Permanent Forum on Indigenous Issues/Desa संयुक्त रुपमा भएको हो / नेपालका तर्फबाट   नेपाल  आदिवासी जनजाती महिला महासंघ अमेरिकाले कार्यक्रमको संयोजकत्व  गरेको हो /

कार्यक्रमा विस्वका आदिवासी जनजातिहरुको सस्क्र्ती झल्कने गतिबिधि र नृत्य प्रदर्शन भएको थियो  / आधा दर्जनभन्दा बढी  रस्त्रका आदिवासी कलाकारहरुले आ आफ्नो सस्कृति झल्कने कला प्रस्तुत गरेका थिए / सोहि अवसरमा मेक्सिकन आदिवासीहरुले चियापस मुजिक प्रस्तुत गरेका थिए, यो मेक्सिकन  आदिवासी जनजातिहरुको सास्कृतिक नृत्य हो  / त्यसैगरी कहुरंगी पेर्फोर्मिंग आर्ट्स थिएटर न्यु जिल्यान्डको तर्फबाट न्यु जिल्यान्डका आदिवासी जनजातीहरुको सस्कार झल्कने निर्त्य र आदिवासी सम्बन्धि विभिन्न कला प्रस्तुत भएको थियो / सोहि अवसरमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै नेपालका तामांग जाति र शेर्पा जातिले आफ्नो कला प्रस्तुत गरे / नेपाली धुनको गितमा  तामांग र शेर्पा जातिले आ आफ्नो भेस भुसमा उक्त कला प्रदर्शन गरेका थिए  भने उक्त  नृत्यको निर्देशन  बसन्त डान्स सेन्टरका बिजय नकर्मीले गरेका थिए /

उक्त कार्यक्रममा रिपब्लिक अफ सख रस्सियन फेडेरेशनको तर्फबाट ब्लेस्सिंग संग, बंगलादेशको आदिवासी चक्माबाट आदिवासी नृत्य, इकुडोरका आदिवासी लगायतका सहभागीहरुले आदिवासी जनजाती सम्बन्धि कला पर्दर्शन गरेका थिए /

कार्यक्रममा न्यु जिल्यान्डका पबित्र समुदाय  दुवारा  धार्मिक भोजन “पेम्पा मेसाको” पनि प्रस्तुति गरिएको थियो / कार्यक्रमको उत्घाटन तथा स्वागत आदिवासी जनजाती स्थायी मंचका अध्यक्ष इद जोहनले गरेका थिए / कार्यक्रमको बारेमा हेड ओफ द डेलिगेशन , डेपुटी डिरेक्टर ओफ न्यु जिल्यान्ड ओफ्फिए ओफ त्रेअटी सेटलमेन्ट मिस जाने फ्लेत्चेरले प्रस्तुत गरेका थिइन भने नेपालका तर्फबाट आदिवासी जनजाती महिला महासंघ अध्यक्ष संगिनी रानाले नेपाली कलाकारहरुलाई सम्बोधन गरेकी थिइन् /
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %