सहमतिका आधारमा मात्र बजेट : माओवादी उपाध्यक्ष

Read Time:1 Minute, 30 Second

काठमाडौँ, ८ कात्तिक । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कामचलाउ सरकारले बजेट ल्याउँदा जनतामा राम्रो सङ्केत नजाने भएकाले जतिसक्दो चाँडो राष्ट्रिय सहमति कायम गरी नयाँ सरकार निर्माणसँगै बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्

    रिपोर्टर्स क्लबद्वारा आज  आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सबै राजनीतिक पार्टीका उच्चस्तरीय नेतृत्वबीचमा आवश्यक छलफल गरी आर्थिक सङ्कटलाई सम्बोधन गर्न पहल हुनु आवश्यक भएको चर्चा गरे ।

    उपाध्यक्ष श्रेष्ठले हालै जनमुक्ति सेनाका कमाण्डरको चीन भ्रमणलाई लिएर अनावश्यक टिकाटिप्पणी हुनु दुःखद हो भन्दै चीन भ्रमणका क्रममा कुनैपनि रहस्यपूर्ण क्रियाकलाप नभएकाले कसैले पनि शङ्का गर्न आवश्यक छैन भने ।

    एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो— ‘संविधानसभाको म्याद थप भएको पाँच महिना पुग्दासमेत राष्ट्रिय सरकार बनाउन नसक्ने दलहरूले कसरी नयाँ संविधान बनाउन सक्छन् भनेर जनताले विश्वास गर्ने ?’ ।

 

 

 

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %