शोभा चन्द
मगर साहित्यमा अनुसन्धनात्मक तरिकाले मगरपन ल्याउने उद्देश्यले जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा साहित्यको विषयमा मासिक अन्तरकि्रया शुरु गरेको छ । अन्तरकि्रया कार्यक्रम वैशाख ३० गते काठमाडौंस्थित आदिवासी फिल्म अर्काइभ(http://ifanepal.org.np/)को हलमा सम्पन्न भएको हो ।
‘मगर ब्याकरण र मगरत्व’ शीर्षकको अन्तरकि्रया कार्यक्रममा फ्रान्सको युनिभसर्िटीमा नेपाली साहित्य र चलचित्रमा तुलनात्मक शोध गरिरहेकी प्रोफेसर शोभा चन्दले स्रोत व्यत्तिको भूमिका निभाएकी थिइन् । चन्दलॆ व्याकरणको काललाई आधार मानेर मगरत्वको विषयमा चर्चा गरिन् ।
राज्यसत्ता डटकम अफिसियल मिडिया रहेको सो कार्यक्रमको विषयमा प्रतिष्ठानका अध्यक्ष तथा चलचित्र निर्देशक सन्जोग लाफा मगरले प्रष्ट पारेका थिए । प्रतिष्ठानका सचिव सन्त गाहा मगर संयोजकत्वमा हरेक महिनाको अन्तिम शनिवार कार्यक्रम सन्चालन हुने अध्यक्ष लाफा मगरले जानकारी दिएका छन् । वाह्रै महिना कार्यक्रम सन्चालन गरिने र कार्यक्रमको निचोड पुस्तकको रुपमा प्रकाशित गरि मगर साहित्य क्षेत्रका लेखकहरुलाई मगर पनको स्तरीय लेखनमा सहयोग पुग्ने अध्यक्ष लाफा मगरले बताएका छन् ।
तस्विरहरु:- संगम पुलामी मगर
कार्यक्रममा मगर पाठ्य पुस्तकका लेखक एमबी थापा मगर, बृहत मगर शब्दकोशका लेखक हिरासिँ थापा मगर, भाषा विज्ञानका शोधार्थी पूर्ण राना मगर, चलचित्र निर्देशक तथा सन्चारकर्मी मेजन पुन मगर, मगर चलचित्र निर्देशक प्रतिमा पुन, साहित्यकार तथा सन्चारकर्मी मनु ठाडा मगर, साहित्यकार मीन मुक्की थापा, मगर साहित्यकार सुमित्रा थापा मगर, प्रतिष्ठानका सदस्य संगम पुलामी मगर, समाजसेवीत्रय धन पाटा मगर, तुलाराम थापा मगर, गगन पुन मगर लगायतको सहभागिता रहेको थियो ।
सहभागीहरुबाट रु १०० प्रवेश शुल्क लिइएको थियो । मगरहरुले सम्भवत पहिलो पटक मगरको विषयमा कार्यक्रममा भाग लिँदा शुल्क तिरेका हुन ।