दुई बालक हत्याकान्डका मुख्य अभियुक्त अझै फरार

Read Time:2 Minute, 24 Second

बाँके (नेपालगन्ज), ८ कात्तिक । नेपालगन्जमा दुई बालकको अपहरणपछि निर्मम हत्या गर्नेमध्येका मुख्य योजनाकार रामसुरेश कुर्मी अझै फरार रहेका छन् ।

कुर्मी भारतमा लुकेर बसेको नेपाल प्रहरीले जनाएको छ । नेपालमा प्रहरीले पक्राउका लागि विशेष अभियान चलाएपछि कुर्मी भारत पसेको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

कञ्चनपुर घर भई नेपालगन्ज–१५ भट्टिटोलका १६ वर्षीय लीलाधर भट्ट र १५ वर्षीय कपिल द्विवेदीको दुई साताअघि अपहरणपछि निर्मम हत्या भएको थियो ।

भट्ट जयबागेश्वरी उच्च माविमा कक्षा १० र द्विवेदी कक्षा ९ मा अध्ययनरत थिए ।

कपिल द्विवेदीका बाबु सञ्जय प्रधानाध्यापक रहेको इन्द्रपुर प्रावि व्यवस्थापन समितिका अध्यक्ष कुर्मीले बाबुसँगको रिसईबीका कारण दुवै बालकको अपहरण गरेर हत्या गरेको प्रहरीको दाबी छ ।
बालक हत्याको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत बाँकेले असोज २१ गते २० दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

बालक हत्या अभियोगमा प्रहरीले जनतान्त्रिक तराई पार्टी मधेसका पश्चिम कमान्ड इन्चार्ज बाँके इन्द्रपुर–३ का मेराज अहमद साई, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार साकिर अली बेहना, इन्द्रपुर–३ का राजितराम बर्मा, राम शोभियत बर्मा, इब्राहिम मनियार र रज्जव अलि खाँ पक्राउ गरिसकेको छ ।

यसैगरी निजामुद्धिन साईलाई भारतीय प्रहरीले पक्राउ गरी जेल जलान गरेको छ ।

मुख्य योजनाकार कुर्मी भारत भागेपछि पक्राउ पर्ने आशा मरेको पीडित परिवार र थानीयवासीको भनाइ छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %