आम्भु जेठा, हङकङ, ७ मे ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङले आइतवार आफ्नै माङ हिम (सेवा केन्द्र) मा एकासीऔं समाज सुधार दिवस सम्पन्न गरेको छ ।
इतिहासको पछिल्लो समयमा महागुरु फाल्गुनन्द लिङदेनले वि. सं. १९८८ साल बैशाख २४ गते दश लिम्बुवान सत्रथुमका गन्यमान्य, वुद्घिजीविहरुलाइ पान्थर जिल्लाको सिलौटिमा भेला गराइ दश वुदे सत्य धर्म मुचुल्का तयार पारेको ८१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाइएको थियो ।
सोह्रौं राष्ट्रिय विभुति फाल्गुनन्द लिङदेनले दश वुदे सत्य धर्म मुचुल्का मार्फत किराती माझ भएको कुरिति, कुसंस्कार जस्ता संस्कारको अन्त्य गरि समाज सुधारको सुरुवात गरेका थिए । मुचुल्कामा शान्तिको वाटो हिड्नु पर्ने, छोरिचेलिको मोल स्वतरित नखानु, हिंसा नगर्नु, लिम्बु संस्कृति मिल्दो जुल्दो हुनुपर्ने, जन्म सुतक मृत्यु सुतक वार्ने, अर्काको घर–परिवार विगार्नु नहुने, जाड रक्सि खान नहुने जस्ता दश वटा वुदा तयार पारि किरातीहरुलाइ सुधारको मार्गमा ल्याका थिए । उक्त वुदा तयार पारेको दिनलाइ किरातीहरुले समाज सुधार दिवस मनाउछन ।
एकासीऔं समाज सुधारको अवसरमा बोल्दै सस्थाको अध्यक्ष मोहनमान नेम्बाङले समाज सुधारको लागी महागुरु फाल्गुनन्द लिङदेनले कष्ट गरेको कुराहरुको स्मरण गराएका थिए । उनले किरातीहरु अन्धाकारमा डुविसकेको अवस्थालाई महागुरुले अत्यन्त कष्टको साथ सुधार गरेको वताए । किरात समुदय सुध्रन पर्नेमा उनको जोड थियो । धर्मको बाटोबाट मात्र सभ्यताको विकाश हुने नेम्वाङले वताए ।
लिम्बु चलचित्र निर्माता माराम फिल्मका लेखक तथा निर्देशक सुर्य प्रकाश चेमजोङले समाज सुधार दिवसको अवसरमा वोल्दै भाषिक तथा धार्मिक चलचित्रले अन्तराष्ट्रिय स्तर सम्म प्रचार प्रसार पु¥याउने वताएका छन् । किरात धर्म अन्र्तगत किरात साम्यो साक्थिङगेन संघको केन्द्रिय सदस्य समेत रहेका निर्देशक चेम्जोङले धर्मले मानिसलाइ पुस्तौं सभ्यता वनाउने भएकोले धर्म छोड्न नहुने वताए ।
सो अवसरमा मञ्च संवन्द्घ संघिय लिम्बुवान राज्य परिषद, प्रवास कार्य समिति हङकङको सचिव झरमान लिङदेनले राजनितिले धर्मलाइ स्थापित गर्न सहयोग पुयाउने वताएका छन । भाषा, धर्म, लिपिको संरक्षण गर्नलाइ राजनितिले असर पुयाउने वताए । लिम्बुवान सुनिश्चित भएमा किरात धर्मलाइ सहयोग पुग्ने लिङदेनले वताएका छन ।
समाज सुधार दिवसको अवसरमा किरातीहरुको पहिलाको स्थिति र अहिलेको अवस्था वारे चर्चा गर्दै किरात धर्मका आजिवन सदस्य तथा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष हस्त लिवाङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका सचिव रविन लिङदेन, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङको उपाध्यक्ष खगेन्द्र गुरुङले आ–आफ्नो मन्तब्य राखेका थिए ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङको अध्यक्ष मोहनमान नेम्वाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा सस्थाको कोषाध्यक्ष हेम येङदेनले स्वागत मन्वब्य गरेका थिए । किरात धर्म र समाज सुधारको महत्वको वारेमा प्रस्ट पार्दै सस्थाको सचिव इन्द्र लक्समले उक्त कार्यक्रमलाई संचालन गरेका थिए