हंगकंग ६ मे, नेकपा एमाले हंगकंग इकाई कमिटिले भक्त गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्बाचित गरेको छ । गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन भएको छ । जसमा उपाध्यक्ष, सचिब, र सहसचिबमा क्रमश बसन्त कुमारी राई, पदम चेम्जोङ, नरेन्द्र सम्वाहाम्फे रहेका छन । सदस्यहरुमा आशा पुन मगर, मोहन राना मगर, ओमराज सम्बाहाम्फे, बसन्त राई, रित बहादुर गुरुङ, दलहाङ नेम्बाङ, थुमाहाङ किराती, चन्द्रकला राई, इमलाल श्रेष्ठ, मणिकिरात बान्तवा, गणेश गुरुङ रहेका छन । सदस्य गणेश गुरुङले दिएको जानकारी अनुसार कोषाध्यक्ष अबिधेशनबाट नभई पछि समितिबाट चयन गरीने प्रवाधान रहेको छ ।
नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष अशोक राईले प्रमुख आतिथ्य ग्रहण गर्दै खुला सत्रलाई सम्बोधन गर्दै नेपालको राजनैतिक स्थिति बारे बताएका थिए । सचिब सत्य घलेको सञ्चालनमा अध्यक्ष ओमराज सम्वाहाम्फेको सभापतित्वमा उपाध्यक्ष भक्त गुरुङले स्वागत मन्तब्य दिएका थिए । नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्य, नेपालबाट आएका सुशिला राई, ध्यान बहादुर राईले विशेष आतिथ्य ग्रहण गरेको थिए । हंगकंगका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि आतिथ्य ग्रहण गरेका थिए । हिमायती संस्कृतिक समूहले संघर्ष हो जीवन र गाउँ गाउँ बाट उठ बस्ती बस्तीवाट उठ भन्ने बोलको दुईटा गीत प्रस्तुत गरको थियो ।
नेकपा एमाले हंगकंगमा गुरुङ सर्वसम्मत
Read Time:2 Minute, 8 Second