६ मे हंगकंग, नमो बुद्ध धर्मो सेन्टरमा आयोजित २५५६ औं बुद्ध जयन्ति समारोहमा अवतारी गुरु रिम्पोछेज्यूले प्रमुख आतिथ्य ग्रहण गर्दै, हरेक प्राणीले जन्म सगै मृत्य, सुख सगै दु:ख साथै लिएर आएको हुन्छ भन्दै बौद्ध धर्म र दर्शनको बारेमा प्रबचन दिनु भएको थियो । २५५६ औ बौद्ध जयन्ति लेखिएको केक काटेर गुरु रेम्पोछेले कार्यक्रमको शुभारम्भा गर्नु भएको थियो ।
सचिब रेणुका गुरुङको सञ्चालनमा उपाध्यक्ष राधिका गुरुङको स्वागत मन्तब्य रहेको थियो भने सेन्टरकी अध्यक्ष पदम कुमारी गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । विशेष अतिथिहरुमा एनआरएन आइसीसी त्रिलोक गुरुङ, एनआरएन हंगकंगका अध्यक्ष दुर्गा गुरुङ लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको र बौद्ध दर्शनमा आस्थावान भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
सवैले जन्म सगै मृत्य साथमा लिएर आएको हुन्छ : अवतारी गुरु रिम्पोछे
Read Time:1 Minute, 19 Second