संविधान निर्माण कार्यदलको छलफल जारी

Read Time:1 Minute, 18 Second

काठमाडौँ, ८ कात्तिक । संविधान लेखन कार्यलाई तीव्रता दिन विवादित विषयहरूमा छलफल गर्न गठित उच्चस्तरीय कार्यदलले मौलिक हकका विभिन्न विषयहरूमा आज पनि छलफल जारी राख्यो ।

आजको छलफलमा खास गरी मौलिक हकअन्र्तगत व्यक्तिको सम्पत्तिसम्बन्धी सीमा, भूमिसुधार र  अधिगहण गर्दा क्षतिपूर्ति दिने÷नदिनेलगायतका विषयमा छलफल भएको थियो ।

त्यस्तै दल दर्ता गर्ने सम्बन्धमा के–कस्तो व्यवस्था गर्नेजस्ता विषयमा छलफल भएको नेपाली काँग्रेसका तर्फबाट कार्यदलमा सहभागी रमेश लेखकले पत्रकारलाई जानकारी दिए ।

उनका अनुसार मौलिक हकका सैद्धान्तिक तथा फरक मतबारे पनि गम्भीररूपले छलफल सुरु भएको छ ।

कार्यदलको बैठकमा काँग्रेसबाट रमेश लेखक, नेकपा एमालेबाट भरतमोहन अधिकारी, एनेकपा माओवादीबाट देव गुरुङलगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता छ ।

बैठक भोलि पनि जारी रहने बताइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %