आदीवासी जनजातिहरुको विश्वब्यापी पहिलो वेभ कन्फिरेन्स: १४ प्रदेश हुनुपर्ने माग

Read Time:2 Minute, 16 Second

साउदी अरेबिया, ६ मे २०१२, नेपाल आदीवासी जनजाति महासंघ साउदी अरेबिया राष्ट्रिय समन्वय समितिको सक्रियतामा शान्तिका दुत भगवान बुद्धको जन्मदिनको अवसरमा आदीवासी जनजातिहरुको विश्वब्यापी पहिलो वेभ कन्फिरेन्स २०१२ विभिन्न निर्णय गर्दै सम्पन्न भयो । कन्फिरेन्सले राज्य पूर्नसंरचना समितिले प्रस्ताव गरेको १४ प्रदेश हुनुपर्ने माग गरेको छ । सघीयतालाई संस्थागत गर्न संचालित सघीयवादी शक्तिहरुको आन्दोलनलाई आवश्यक पर्ने कुनैपनि सहयोग गर्ने सहमति गरेका छन् । पहिचान सहितको राज्य पूर्नसंरचना गराइ छाड्ने प्रतिबद्धता पनि जनाएका छन् । जनजाति महासंघ वेलायतका अध्यक्ष थर्क रानामगर, जर्मनीका अध्यक्ष सेकराज सुनुवार, कतारका अध्यक्ष एम. वी. साँवा लिम्बु, साउदी अरेवियाका अध्यक्ष हुम सुनारी मगर, अमेरिका फिपनाका महासचिव दिपेश लिम्बु, ब्रुनाईबाट संविधान विषयक पुस्तक ‘निष्पक्ष संविधानः समृद्ध राष्ट्र’ पुस्तकका लेखक विश्वासदीप तिगेला, साउदी अरेवियाबाट क्याप्टेन कमल गुरुङ र जर्मनीबाट नन्द जवेगु र विशाल थापामगर लगायतको सहभागिता थियो ।

प्रवासमा रहेका महासंघका अध्यक्षहरुको भेलाले संविधान निर्माण तथा राज्य पूर्नसंरचना कार्यदलको लागि सुनारीमगरलाई अध्यक्ष र तिगेलालाई संयोजक तोकेको छ । अध्यक्ष सुनारीमगरले चाडै विस्तृत अवधारणापत्र सार्वजनिक गर्ने साथै अन्य मुलुकहरुबाट पनि साझा सहभागिता गराउदै जाने र नियमित कन्फिरेन्स गर्ने जनाउनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %