विश्व प्रेस काउन्सिलको बैठक पोखरामा

Read Time:1 Minute, 20 Second

पोखरा, ८ कात्तिक । विश्व प्रेस काउन्सिल कार्यकारी समितिको बैठक पोखरामा  बस्यो ।

   बैठकमा विश्वका पत्रकारहरूले पालना गर्नुपर्ने आचारसंहिता, नेपाली प्रेसजगत र पत्रकारहरूले भोग्नुपरेका समस्या, पत्रकारहरूले समाचार लेखेकै कारण ज्यान जोखिममा राख्नुपर्ने जस्ता विषयमा व्यापक छलफल भएको छ ।

  समितिको बैठक सकिएपछि अर्को बैठकका लागि आजै चितवन जाने प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठले बताए ।

   चितवनमा बैठक सम्पन्न भएपछि सो टोलीले प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष पत्रकार र पत्रकारिता क्षेत्रले झेल्नुपरेका समस्याका बारेमा ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।

    विश्व प्रेस काउन्सिलका अध्यक्ष जेएन रेलेको नेतृत्वमा समितिको बैठकका लागि १४ सदस्यीय टोली हिजो पोखरा आएको थियो ।

    विश्व प्रेस काउन्सिलको अर्को वर्षको बैठक नयाँदिल्लीमा बस्ने बताइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %