बारा, ८ कात्तिक
उपप्रधानमन्त्री विजय गच्छदारले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन नसकेकाले सरकार गठनमा ढिलाइ भएको वताएका छन्
रौतहट जिल्लास्थित लालबकैया पुलको शिलान्यास गर्न आज सिमरा विमानस्थल आइपुग्नुभएका उपप्रधानमन्त्री गच्छदारले तीन ठूला दलले सत्तालाई प्रमुख मुद्दा बनाएकाले सहमति नभएको बताए ।
उनले तीन ठूला दलहरूले आ–आफ्नो अडान कायमै राखेकाले सहमति हुन नसक्ने दाबी गर्दै सत्तालाई तेस्रो श्रेणीमा राखेर शान्तिप्रक्रिया र संविधान निर्माणलाई महत्व दिनुपर्ने आँचो औंल्याए ।
मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षसमेत रहनु भएका उपप्रधानमन्त्री गच्छदारले तीन ठूला दल र मधेसी मोर्चाबीच शान्ति प्रक्रिया, संविधान निर्माण र सरकार गठनका लागि न्यूनतम सहमति कायम गर्न सके अहिलेको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
उपप्रधानमन्त्री गच्छदारले तीन दलले सहमतिमा प्रधानमन्त्री दिन नसके साना दल प्रधानमन्त्री दिन सक्षम रहेको दाबी समेत गरे ।
रासस