अमेरिकामा आदिवासी जनजाती अधिकार सम्बन्धि अन्तरक्रिया

 

“आदिवासी जनजाती आन्दोलन र मानब अधिकार” सम्बन्धि न्यु योर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाले गरेको हो कार्यक्रममा प्रमुख  अतिथि वर्तमान कोलोम्बिया युनिभर्सिटिका आदिवासी जनजाती अधिकार शाखाकी डाइरेक्टर तथा पूर्व  UNPFII सेक्रेटरियट  प्रमुख इलसा स्टामटापाउलोले आदिवासी जनजाति आन्दोलनको शुरुवात र अहिलेको वर्तमान अवस्था सम्बन्धमा आफ्नो धारणा राखेकी थिइन्   ।

कार्यक्रमको शुरुवात संयुक्त राष्ट्र संघका लागि आदिवासी जनजाति सम्बन्धी मुद्धा हेर्ने संस्था UNPFII का लागि तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो । कार्यक्रममा  बोल्दै स्टामताउपाउलोले बिस्वभरि ३७० मिलियन आदिवासी जनजाति रहेकोमा ९५ प्रतिशत आदिवासी जनजातिहरु गरिबीको रेखामुनी रहेको बताइन् ।  छुट्टै अस्तित्व र पहिचान रहेको जाति रहेको आदिवासी जनजातिहरुको परिभाषा दिदै उनले आदिवासी जनजातिहरुको आन्दोलनको शुरुवातका कारण र यसको उपलब्धिहरू बताइन् ।

 विस्वका हरेक देशका विकास सम्बन्धि नीतिहरुका कारण आदिवासी जनजातिहरु नकारात्मकरुपमा प्रभाभित भएको पनि उनको धारणा थियो । विकास सम्बन्धी  विभिन्न गतिविधिहरुका कारण आदिवासी जनजातिहरु उनीहरुको जमिनबाट जबर्जस्ति हट्नुपरेको उदाहरण दिदै  आदिवासी जनजाती अधिकार सम्बन्धि बिस्वब्यापी घोषणापत्रमा भएको आधिवासी सम्बन्धी जमिनको अधिकार र प्री इन्फ्म कन्संको व्यवस्था भएको स्पस्ट पारिन ।

 

आदिवासी सम्बन्धी  बिस्वब्यपी घोषणापत्र र यसको आन्दोलनको प्रभाब सम्बन्धमा बोल्दै अहिले बिस्वभारिका हजारौ आदिवासी नेताहरु संयुक्त राष्ट्र संघमा आ आफ्नो धारणा राख्न भेला हुने र आ आफ्नो देशको समस्याहरु बताउन सक्ने भएका छन् । जसबाट यस घोषणा पत्रलाई कार्यान्वन गर्नका लागि संयुक्त रस्त्रसंघबात देशलाई दबाब पर्न सक्छ । त्यसैगरी अहिले आदिवासी जनजातीहरु प्रि प्रिओर एंड  इन्फर्म कन्सन सम्बन्धमा सचेत हुँदै आएको पनि बताइन । सोहि अवसरमा आदिवासी जनजातिहरुले आफ्नो जमिनमाथिको अधिकार खोज्दा एउटा मुलुकलाई विभिन्न टुक्रामा बिभाजन गर्ने आदिवासीहरुको उदेश्य नरहेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा न्यु योर्कमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । प्रस्न उत्तर गर्ने सवालमा नेपालमा बन्दै गरेको संबिधानमा  कसरि आदिवासी  जनजातिको अधिकार  सुनिस्चित गर्ने भन्नेबारेमा छलफल भएको थियो । कुनै पनि देशले यदि यो घोसणा पत्रको कार्यान्वन नगरेको अवस्थामा संयुक्त राष्ट्र संघको तर्फबाट दबाब सिर्जना हुन सक्ने उनको भनाइ रहेको थियो ।

 

कार्यक्रमको अन्त्यमा अतिथि स्टामट़ापाउलो लगायत उपस्थित सम्पूर्णलाई संस्थाकी अधक्ष्य संगिनी रानाले धन्यवाद दिदै कार्यक्रमको बिसर्जन  भएको यो भने कार्यक्रमको संचालन महासचिब इन्दिरा चोंग्बंगले गरेकी थिइन् । 

इन्दिरा चोङ्बाङ, अमेरिका